२०७५ पुष ३ गते १९:०८ विकासन्युज
काठमाडौं । सिभिल बैंक लिमिटेडले जीवन बीमा सेवालाई विस्तार गर्ने उद्देश्यले ज्योती लाईफ इन्स्योरेन्ससँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र ज्योती लाईफ इन्स्योरेन्सका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत प्रकाश खत्रीले हस्ताक्षर गरेका छन् ।
सम्झौता पश्चात अब सिभिल बैंकका ग्राहकले कम्पनीको जुनसुकै शाखाबाट ज्योती लाईफ इन्स्योरेन्सका जीवन बीमा सेवा लिन सक्ने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए । हाल बैंकको शाखा संख्या ७१ रहेको छ
एन.एफ.आर.यस.अनुसार बैंकले चालु आर्थिक वर्षको प्रथम चौमासमा १८ करोड ५० लाख रुपैयाँ कमाएको छ । जुन पहिलो वर्षको यसै अवधिको तुलनामा ६३.९९ प्रतिशत बढी रहेको बैंकले जनाएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.