२०७५ पुष १९ गते १७:४६ विकासन्युज
काठमाडौं । सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस” योजना अन्तर्गत साउदी अरबको अरब नेशनल बैंक, टेलिमनिबाट पैसा पठाई तेस्रो महिनाको रु १ लाखको मासिक लक्कीड्रमा परी मोरङ्गकी रुना धिमाल विजेता घोषित भएको छन् । ती सबै उपहारहरु विद्युतीय लक्कीड्र मार्फत विजेता छनौट गरिएको थियो ।
सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा कार्यक्रमको आयोजना गरी पुरस्कार हस्तान्तरण गरिएको छ । यस उपहार योजना अवधिमा हाल सम्म दैनिक उपहार योजना अन्तर्गत १ हजार ८०जनाले रु२०० को मोबाइल टप अप, साप्ताहिक रुपमा ३६जना विजेताले रु १० हजार र २ जनाले रु १ लाख जिति सकेका छन् ।
सिटी एक्स्प्रेसको“लखपति एक्स्प्रेस”उपहार योजना अन्तर्गत लक्कीड्र मार्फत उपभोक्ताहरुले दैनिक रु २०० को मोबाइल टप अप १२ जनाले जित्न सक्ने त्यसैगरी साप्ताहिक रुपमा तीनजना विजेताहरुले रु १० लाख र हरेक महिना लक्की ड्रमा विजयी हुने एक जनाले रु १ लाख जित्न सक्ने, उपहार योजनाको अन्त्यमा एकजना भाग्य शाली विजेताले बम्पर उपहार र सिटी एक्स्प्रेस मनी ट्रान्सफर १२ औं बर्ष प्रवेश गरेको उपलक्ष्यमा रु १२ लाख सम्म जित्न सक्नेछन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.