नेपाल बैंक र शिखर इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

  २०७५ माघ ८ गते १०:३३     विकासन्युज

काठमाडौं । नेपाल बैंक लिमिटेड र शिखर इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाह र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

सो अवसरमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले वित्तिय संस्थाहरु आफनो अस्तित्वका लागि न्यायोचित मुनाफाका साथै समाज र देशको आर्थिक सामाजिक विकासका लागि इन्स्योरेन्ससंग बैकको सहकार्यबाट दुबै संस्था र समग्र देश लाभान्वित हुने अपेक्षा गरेका छन् ।

सो अवसरमा शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पाण्डेले दुर्गम स्थानमा समेत कृषि वीमामार्फत सर्वसाधारण किसानको आर्थिक हीत रक्षामा उल्लेख्य भूमिका निर्वाह गरेको स्मरण गर्दै नेपालको अग्रणी बैकसंग सहकार्य गर्न पाउंदा शिखर इन्स्योरेन्स गौरवान्वित भएको बताए ।

धर्मपथस्थित बैकको प्रधान कार्यालयमा आयोजित उक्त कार्यक्रममा नेपाल बैकका सहायक प्रमुख कार्यकारी अधिकृत कृष्णवहादुर अधिकारी, संस्थागत योजना तथा अनुसन्धान विभागका मुख्य प्रवन्धक लेखनाथ भुसाल, प्रेस संयोजक मुकुन्द अर्याल, शिखर इन्स्योरेन्स कम्पनी उप प्रवन्धक अन्जन ढकाल लगायतको उपस्थिति थियो ।