२०७५ माघ २५ गते १०:२२ विकासन्युज
काठमाडौं । सिडीएस एण्ड क्लियरिङ लिमिटेडले कर्मचारी माग गरेको छ । सिडिएसले आठौं तहको २ जना सहायक निर्देशक सहित २९ जना कर्मचारीको माग गरेको हो ।
लोक सेवा आयोगले लिखित र अन्तर्वाताबाट लिने पदको लागि फागुन २३ गतेसम्म आवेदन दिन सकिनेछ । सिडीएसले आठौं तहको लागि ७, सातौं तहमा ५, छैटौं तहमा १२, पाचौं तहको लागि ५ जनाको लागि विज्ञापन खुलाएको छ । आवेदनमा सहभागी हुनका लागि २१ वर्ष पुरा भएर ३५ वर्ष ननागेको हुनुपर्नेछ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.