२०७५ फागुन ९ गते १७:३५ विकासन्युज
काठमाडौं । चौतारी लघुवित्त वित्तीय संस्थाको आगामी फागुन २९ गतेदेखि बुक क्लोज हुने भएको छ । संस्थाले साधारणसभामा जाने प्रयोजनको लागि उक्त दिनदेखि चैत १६ गतेसम्म बुक क्लोज गर्न लागेको हो ।
यस वित्तीय संस्था आगामी चैत १६ गते आफ्नो तेस्रो वार्षिक साधारणसभामा जाँदै छ । उक्त सभा सो दिन बिहान ११ बजे बुटवलको सुख्खानगरस्थित आप्रपाली कटेज एण्ड रेष्टुरन्टमा बस्दै छ । उक्त सभाले संस्था मर्जर वा एक्विजिसनमा जाने प्रस्तावलाई अनुमोदन गर्ने भएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.