२०७५ फागुन २७ गते १९:१२ विकासन्युज
काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले लघुवित्त वित्तीय संस्थालाई विकास बैंकमा स्तरोन्नती गर्न लागिएको बताएका छन् । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको १८ औं वार्षिकोत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रमलाई संबोधन गर्दै अर्थमन्त्री खतिवडाले यस्तो कुरा बताएका हुन् ।
उनले भने–मर्जरको बाटोबाट लघुवित्तलाई बिकास बैंकमा स्तरोन्नती गर्ने बारेमा सोचिरहेका छौ । सोही अवसरमा उनले उत्पादनमा वृद्धि गरि सहकारी अभियानको वाटोमा लाग्नका लागि साना किसान विकासले महत्वपूर्ण भुमिका निर्वाह गरेको बताए । लघुवित्तको संख्या धेरै भएको र त्यसका लगानीलाई एकीकृत गरि पुँजी निर्माणमा परिचालन गर्न यो विकल्प सोचिएको कुरा पनि अर्थमन्त्री खतिवडाले बताएका थिए ।
बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन संशोधनमार्फत यो विषय अघि बढाउन खोजेका छौँ–अर्थमन्त्री खतिवडाले भने । अर्थमन्त्री खतिवडाले नेपालमा २१ प्रतिशत परिवार अझै पनि निरपेक्ष गरिबीको रेखामुनि छन्, त्यसलाई घटाउने गरि स्थानीय तहमा काम गर्ने यस्ता संस्थाले काम गर्नु पर्नेमा जोड दिए ।
वार्षिकोत्सव कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत डा. शिवरामप्रसाद कोइरालाले अर्धवार्षिक अवधिमा साना किसानले २३ करोड ९१ लाख खुद मुनाफा गरेको बताए । साना किसान विकास वित्तीय संस्थाका अध्यक्ष खेमबहादुर पाठकको अध्यक्षतामा कार्यक्रममा सम्पन्न भएको थियो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.