२०७५ फागुन २९ गते ११:२९ विकासन्युज
काठमाडौं। सन् १९९५ मा मानिसको औसत आयु ४६ बर्ष मात्रै हुने गर्थ्यो भने २०१५ मा आईपुग्दा औसत आयु ७१ बर्ष भन्दा माथि पुगेको छ। रोग, माहमारी र अप्रत्याशित घटनाहरूको कारण भने केही देशहरूमा अझै पनि मानिसहरुको औसत आयु बढ्न नसके पनि समग्रमा हेर्ने हो भने मानिसको औसत आयु बढेको देखिन्छ।
आतंकवाद, युद्ध र प्राकृतिक प्रकोपहरुबाट मृत्यु हुने मानिसको संख्या बर्षानी धेरै हुने जस्तो लागेता पनि संसारभर यसको कारण मृत्यु हुनेको संख्या जम्मा ०.५ प्रतिशत मात्र रहेको छ।
संसारभर धेरै मानिसहरु अल्पायुमै तथा सजिलै रोकथाम गर्न सकिने रोगका कारण समेत मृत्युवरण गर्दै आएका छन्।
२०१७ को डाटा हेर्ने हो भने त्यसबर्ष ५ करोड ५६ लाख मानिसहरुको मृत्यु भएको थियो। यो संख्या सन् १९९० को भन्दा १ करोड १० लाख बढी हो। विश्वव्यापी रुपमा जनसंख्या र मानिसको औसत आयु बढेसँगै मानिसको मृत्युदर पनि बढेको छ।
संसारभर नर्सने रोग र दिर्घकालिन रोगको कारण ७० प्रतिसत मानिसको मृत्यु हुने गरेको छ त्यस्तै सबैभन्दा धेरै मानिसको मृत्युको कारण हृदय रोग रहेको छ। यो एक तिहाइ मानिसको मृत्युको कारण हो।
यो संख्या क्यान्सरको कारण मृत्यु हुनेको दाँजोमा दुईगुणा बढी हो। संसारभरमा मृत्यु हुने ६ जना व्यक्ती मध्ये एक जना व्यक्तीको मृत्युको कारण क्यान्सर हो जुन मृत्यु हुनुको दोस्रो ठुलो कारण बनेको छ। मधुमेह, श्वासप्रश्वास सम्बन्धी रोग त्यसपछीको मृत्युको कारण रहेको छ।
सजिलै रोकथाम हुने सामान्य रोगहरुबाट मृत्यु हुनेको संख्या सबैभन्दा डरलाग्दो रहेको छ।
२०१७ मा झाडापखला जस्ता रोगबाट लगभग १६ लाख मानिसको मृत्यु भएको छ र यसलाई संसारभर मृत्यु हुनुको १० कारणमा राखिएको छ। केही देशहरूमा भने यो मृत्यु हुनेको सबैभन्दा ठुलो कारण बनेको छ।
त्यस्तै जन्मिएको पहिलो २८ दिनमा मृत्यु हुने नवजात शिशुको संख्या १८ लाख रहेको छ।
यो मृत्युदरको संख्या हरेक देशमा फरक फरक हुनेगरेको छ। मानिसको औसत आयु धेरै भएको मानिन जापानमा भने जन्मिएको २८ दिनमा मृत्यु हुने नवजात शिशुको संख्य १००० भन्दा कम रहेको छ।
त्यस्तै धनी र गरीब देशहरूमा सडक दुर्घटनाको कारण मृत्यु हुनेको संख्या ठुलो रहेको छ। २०१७ मा मात्र सडक दुर्घटनाको कारण मृत्यु हुनेको संख्या १२ लाख रहेको थियो।
हालैका दशकहरूमा उच्च आयकर भएको देशहरूमा सडकको दुर्घटनाको संख्या घट्दै गएको देखिएको भए पनि विश्वव्यापी रूपमा सडकमा दुर्घटनाको कारण मृत्यु हुनेको संख्या लगभग उस्तै रहेको छ।
त्यसबाहेक विश्वभरको लगभग दुई गुणा बढी मानिसहरु आत्महत्या त्यसमा पनि अर्को व्यक्तिद्वारा मारिएको संख्या बढि रहेको छ।
बेलायतमा भने आत्माहत्याको कारण मृत्यु हुनेको संख्या १६ गुणा बढी रहेको छ जसमा २०-४० उमेर समुहका युवकहरु बढी रहेका छन्।
मानिसहरुको के कारणले बढी मृत्यु भयो भन्ने कुरा समयसँगै बद्लिएर गएको छ।
विगतको समयमा मृत्यु हुनेमा संक्रामक रोग ठुलो कारण रहेको थियो जुन अहिले आएर हुँदै गएको छ। सन् १९९० मा सरुवा र संक्रामक रोग एक तिहाइ मानिसको मृत्युको कारण हुने गर्थियो जुन २०१७ मा आएर मात्र हरेक ५ मा १ जनाको मृत्युको कारण बनेको छ।
बालबालिकाहरु संक्रमित रोगहरुबाट चाँडै नै प्रभावित हुने गरेका छन्। १९ औं शताब्दीमा मात्र प्रत्येक तेस्रो बच्चाको पाँच बर्ष भन्दा पहिले मृत्यु भएको छ।
त्यसयता पोषण युक्त खानेकुरा स्वास्थ्य सेवा र स्वच्छ पानीको पहुँचमा सुधार भएसँगै बच्चाहरुको मृत्युदर घटेर गएको देखिन्छ।
धनी देशमा बच्चाहरु को मृत्युदर एकदमै कम भएता पनि गरीब क्षेत्रहरुमा बच्चाहरुको मृत्युदर अझै पनि बेलायत र स्वीडेनमा २० औं शताब्दीको अवस्थामा जे थियो त्यही रहेको छ।
विश्वव्यापी रुपमा बालिकाको मृत्युदर घट्नु आधुनिक स्वास्थ्य सेवाको सबैभन्दा ठूलो सफलता रहेको छ । रोगहरुसँग लड्ने सक्ने उपायहरुको बिकाससंगै हालैका दशकहरूमा प्रत्येक वर्ष मृत्यु हुने बच्चाहरूको सङ्ख्या आधा भन्दा बढी घटेको छ भने वृद्ध मानिसहरूमा नसर्ने रोगबाट मृत्यु हुनेको संख्या बढ्दो छ ।
(बिबिसीबाट नेपालीमा उल्था गरिएको)
Copyright © 2025 Bikash Media Pvt. Ltd.