२०७५ फागुन ३० गते १४:१९ विकासन्युज
काठमाडौँ । दिव्य लघुवित्त वित्तीय संस्था लि.को सञ्चालक समितिको अध्यक्षमा जीवन भट्टराई नियुक्त भएका छन् । फागुन ३० गते अध्यक्ष भट्टराईले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल समक्ष सपथ ग्रहण समेत गरेका छन् ।
संस्थाको प्रथम बार्षिक साधारण सभा फागुन २५ गते नमोबुद्ध न.पा. २ भकुण्डेवेशी, काभ्रेमा सम्पन्न भएको थियो । कम्पनीका अध्यक्ष जीवन भट्टराईले एक समारोहकाबीच कार्यक्रम उद्घाटन गरेका थिए ।
सभाले आगामी ४ बर्षको लागि जीवन भट्टराई(प्रतिनिधि-सेञ्चुरी कमर्सियल बैंक लि.), प्रकृतिराज तिमिल्सिना(प्रतिनिधि-कैलाशविकास बैंक लि.), महेशबहादुर बस्नेत र नचोङ गुरुङ गरी ४ जनालाई सञ्चालकको रुपमा निर्विरोध निर्वाचित गरेको थियो । साथै, नयाँ सञ्चालक समितिले भट्टराईलाई समितिको अध्यक्षमा चयन गरेको हो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.