महालक्ष्मीको बीमा सेवा एनसीसी बैंकबाट पनि पाइने

  २०७५ चैत ११ गते १७:००     विकासन्युज

काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक(एनसीसी बैंक) लि. र महालक्ष्मी लाईफ इन्स्योरेन्स लि.बीच बीमा पोलिसी बिक्री गर्ने गरीे सोमबार सम्झौता भएको छ ।

सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्स लि.को पोलिसी बिक्री गरिनेछ ।

सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र महालक्ष्मी लाईफ इन्स्योरेन्स लि. का तर्फवाट प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।