२०७५ चैत १२ गते १९:१९ विकासन्युज
काठमाडौं । फोर्डले २०१९ संस्करणको फोर्ड फिगो नामक नयाँ गाडी नेपाल बजारमा भित्र्याएको छ । कम्पनीले गाडीको मौलिक स्टायल, शक्तिशाली इन्जिन, मितव्ययी र आरामदायी यात्रालाई परिमार्जित गरी उक्त गाडी नेपाली बजारमा भित्र्याएको हो ।
बजारमा कम्पनीले उक्त नयाँ गाडीको मूल्य २४ लाख ९९ हजार रुपैयाँ तोकेको छ । न्यु इन्टिरियेर ब्राण्डको उक्त गाडीमा नयाँ शक्तिशाली इन्जिन र १२०० भन्दा बढी ठूलो सानो परिवर्तन, आकर्षक डिजाइन, अगाडी र पछाडीको भागमा परिमार्जन गरिएको कम्पनीले जनाएको छ ।
नयाँ फिगोमा १.२ लिटर पेट्रोल र १.५ लिटर डिजेल इन्जिनका साथ उत्कृष्ट ग्राउन्ड क्लियरेन्स र कनेक्टीभिटी र मनोरञ्जनका लागि ७ इन्च टचस्क्रीन रहेको छ ।
कम्पनीका अनुसार नयाँ फोर्ड फिगो गाडी दुई इन्जिन प्रकार र चार मोडल तथा सात रङ्गहरुमा उपलब्ध रहेका छन् । उक्त गाडीले ग्राहकहरुलाई अझ बढी सन्तुष्टि प्रदान गर्ने कम्पनीको विश्वास रहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.