२०७५ चैत १९ गते १५:३२ विकासन्युज
काठमाडौ । साताको तेस्रो दिन मंगलबार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा वृद्धी भएको छ । नेप्से परिसूचक १३.७२ अंकले बढेको हो । १.१९ प्रतिशतले बढ्दा नेप्से परिसूचक ११६३.४७ बिन्दुमा पुगेको हो । मंगलबार सेयर बजारमा १६९ कम्पनीले सेयर कारोबार गरेका छन् । १८ लाख ९३ हजार १ सय २० कित्ता सेयर खरिद बिक्री हुँदा ५० करोड ८ लाख ८१ हजार ७ सय ३८ रुपैयाँको कारोबार भएको छ ।
बैंक समूह १९.६७, होटल समूह २०.०१, विकास बैंक समूह ३.६१, वित्त समूह १.६८, उत्पादन मूलक समूह ८.७३, अन्य ५.६१, माईक्रोफाईनान्स २.२१ र जीवन बीमा समूह ३८.८६ अंकले बढेका छन् । बजार बढेको दिन जलविद्युत समूह ३.४८ र निर्जीवन बीमा समूह ६.७६ अंकले घटेका छन् ।
साताको तेश्रो दिन आज भार्गव विकास बैंकका लगानीकर्ताले ९.४० प्रतिशतले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् । यस्तै, युनिभर्सल पावर कम्पनीका लगानीकर्ताले ९.५८ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.