२०७५ चैत २० गते १७:४० विकासन्युज
काठमाडौ । साताको चौथो दिन बुधबार पनि नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचकमा झिनो अंकले वृद्धि भएको छ । नेप्से परिसूचक २.०१ अंकले बढेको हो । ०.१७ प्रतिशतले बढ्दा नेप्से परिसूचक ११६५.८४ बिन्दुमा पुगेको छ । बुधबार सेयर बजारमा १७० कम्पनीले सेयर कारोबार गरेका छन् । २० लाख २९ हजार १५ कित्ता सेयर खरिद बिक्री हुँदा ५४ करोड ५८ लाख १८ हजार ६ सय १९ रुपैयाँको कारोबार भएको छ ।
बजार बढेपनि नेप्सको २ समूह मात्र हरिया छन् । बैंक समूह ४.५३ र विकास बैंक ६.११ अंकले बढेका हुन् । होटल समूह १५.८१, जलविद्युत समूह ३.९६, वित्तीय २.०३, निर्जीवन बीमा ६.६१, उत्पादनमूलक समूह ५.१२, अन्य समूह ०.९२, माईक्रोफाईनान्स समूह २.३९ र जीवन बीमा समूह ३.८३ अंकले घटेका छन् ।
नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडका लगानीकर्ताले ४.६४ प्रतिशतले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् भने यूनिर्भसल पावर कम्पनीका लगानीकर्ताले ९.८४ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.