नेपाल उद्योग परिसंघको अध्यक्षमा सतीश मोर चयन, सात उपाध्यक्ष मध्ये को होलान वरिष्ठ ?

  २०७५ चैत २६ गते १२:३३     विकासन्युज


काठमाडौं । नेपाल उद्योग परिसंघको अध्यक्षमा सतीश मोर चयन भएका छन् । वरिष्ठ उपाध्यक्ष रहेका उनी सोमबार सम्पन्न १६ औं वार्षिक साधारणसभाबाट अध्यक्षमा चयन भएका हुन् । मोर अध्यक्षमा चयन भएसँगै हरिभक्त शर्मा निवर्तमान भएका छन् ।

परिसंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ । अबको २ वर्षसम्म मोरले परिसंघको नेतृत्व गर्नेछन् । लक्की ग्रुपका अध्यक्ष मोर शिवम सिमेन्टका संचालक हुन् भने विभिन्न उद्योग तथा व्यवसायमा आवद्ध रहेका छन् ।

त्यसैगरी, साधारण सभाबाट अनुज अग्रवाल, विष्णु अग्रवाल, शुलभ अग्रवाल, निर्वाण चौधरी, राजेश अग्रवाल, कृष्णप्रसाद अधिकारी र वीरेन्द्रराज पाण्डे उपाध्यक्ष चयन भएका छन् । उपाध्यक्ष मध्यबाट एकवर्ष भित्र वरिष्ठ उपाध्यक्ष चयन हुने र वरिष्ठ नै आगामी कार्यकालका लागि स्वतः अध्यक्ष हुने प्रावधान रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.