वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको निधन

  २०७६ वैशाख ४ गते १३:००     विकासन्युज

काठमाडौँ । वरिष्ठ पत्रकार तथा नेपाल समाचारपत्र दैनिकका प्रधान सम्पादन पुष्करलाल श्रेष्ठको ६० वर्षको उमेरमा निधन भएको छ । बुधबार बिहान ११ बजेर ४९ मिनेको समयमा उपचारको क्रममा नर्भिक अस्पतालमा उनको निधन भएको छोरा दिरेकलाल श्रेष्ठले जनाएका छन् ।

श्रेष्ठको पार्थिव शरीर बुधबार साढे १२ बजेदेखि श्रद्धाञ्जलीका लागि भूगोल पार्कस्थित निवासमा राखिने र दिउँसो ३ दिने पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ ।

नाकमा समस्या देखिएपछि ५ महिनाअघि उनको राजधानीको वयोधा अस्पतालमा नाकको शल्यक्रिया गरिएको थियो । त्यसपछि ब्लुक्रस अस्पतालमा मृगौलाको पत्थरीको शल्यक्रिया गरिएको थियो ।

नर्भिक अस्पताल र भारतको मेदान्त अस्पतालमा पनि उनको उपचार भएको थियो । मेदान्त अस्पतालमा दुई महिना उपचार गराएर फर्किएका उनको नर्भिक अस्पतालमा फिजोयोथेरापी लगायतका विधिबाट उपचार गर्न गरिँदै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.