२०७६ वैशाख ४ गते १४:०९ विकासन्युज
काठमाडौँ । गोर्खाज फाइनान्स लिमिटेडको अध्यक्षमा यादवचन्द्र राई नियुक्त भएका छन् ।
मंगलबार बसेको सञ्चालक समितिको बैठकले सञ्चालक राईलाई बुधबारदेखि नै लागु हुने गरी बाँकी कार्यकालको लागि अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव मुकुन्द्र श्रेष्ठले जनाएका छन् ।
यसैबीच, मंगलबार नै सम्पन्न सञ्चालक समितिको बैठकले अध्यक्ष प्रेमबहादुर खापुङले घरासयी व्यस्तताको कारणले चैत २९ गते दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको थियो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.