२०७६ वैशाख ११ गते १९:०२ विकासन्युज
काठमाडौँ । यामाहा मोटरसाइकल र स्कुटको आधिकारिक वितरण मोरङ अटो वक्र्स इन्टरप्राइजेजले मिस नेपाल २०१९ का प्रतियोगीहरुका साथ बुधबार एक विशेष कार्यक्रम आयोजना गरेको छ ।
यामाहा फ्यासिनो मिस नेपाल २०१९ को टाइटल स्पोन्सरको रुपमा रहेको छ । मिस नेपालको ग्राण्ड फिनालेको अवसरमा एक जना प्रतियोगीलाई यामाहा फेस अफ फ्यासिनो उपाधिबाट विभुषित गरिने बताइएको छ ।
बुधबारको विशेष कार्यक्रममा यामाहाको शोरुमबाट शुरु भई ट्राफिक कार्यालय बग्गीखानामा पुगेर समापन भएको थियो । सो कार्यक्रममा प्रतियोगिताका २५ प्रतियोगी फ्यासिनो स्कुटरमा सवार रहेका थिए ।
यसैक्रममा ट्राफिक मुख्यालयमा भएको ट्राफिक सुरक्षा र यसका नियमहरु सम्बन्धी गोष्ठीमा २५ प्रतियोगी सहभागी भई जानकारी हासिल गरेका थिए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.