२०७६ वैशाख २० गते १९:४५ विकासन्युज
काठमाडौ । सरकारले वैदेशिक रोजरागीका लागि जाने नेपाली कामदारको बीमामा चासो देखाएको छ । आगामी आर्थिक वर्षबाट वैदेशिक रोजगारमा जाने श्रमिकको बीमा रोजगारदाताले नै गर्नु पर्ने नीति कार्यक्रममा उल्लेख भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको पेश गरेको नीति कार्यक्रममा बैदेशिक रोजगारीमा जानेको बीमा अपरिहार्य रहने कुरामा विषेश जोड दिएकी हुन् । रोजगारीको खोजीमा परदेशी जीवन बिताउन बाध्य नेपालीको जोखिमलाई अन्त्य गर्न श्रमिककै पक्षमा सम्बोधन गरेको हो ।
बीमा कम्पनीहरुको नियामकको रुपमा रहेको बीमा समितिलेपनि वैदेशीक रोजगारमा जाने श्रमिकको पक्षमा विभिन्न निर्देशिका तथा कार्यक्रमको तर्जुमा गर्दै आएको पाईन्छ । विदेश जाने कामदारको मर्मलाई मध्यनजर गर्दै बीमा समितिले वैदेशिक रोजगारमा जाने कामदारको बीमा पुल मार्फत हुने सुविधा उपलब्ध गराउँदै आएको छ ।
वैदेशिक रोजगारमा ‘बीमा पुल’
बीमा समितिले वैदेशिक रोजगारीमा हुने जोखिम बहन गर्न सहजता होस् भन्ने ध्येयले बीमा पुलको सञ्चालन गरेको हो । पुलमा तोकिएका कम्पनीले अन्य कम्पनीको कार्यक्रमलाई सहज बनाउन सहयोगी भुमिका निभाउँदै आएको पाईन्छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.