२०७६ वैशाख २९ गते १८:४० विकासन्युज
काठमाडौँ । नेपालका लागि बजाज मोटरसाईकलको एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले ‘बजाज एक्सचेन्जसँगै अपग्रेड’ अफर सार्वजनिक गरेको छ ।
वैशाख २९ गतेबाट जेठ ३ गतेसँग लागू हुने यस अफरमा ग्राहकहरुले हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालि टेकु रोड, काठमाडौंमा गएर आफ्नो कुनै पनि ब्राण्डका पुराना मोटरसाईकल तथा स्कुटर बजाजको नयाँ मोटरसाईकलसँग एक्सचेन्ज गर्न सक्नेछन् ।
कम्पनीले कुनै पनि पुराना मोटरसाईकल तथा स्कुटरको एक्सचेन्जमा न्यूनतम ३०,००० सम्मको मूल्याङ्कन र प्रचलित बजार भ्यालूयसन भन्दा थप १५,००० प्रदान गर्नेछ । ग्राहकहरुले नयाँ बजाज मोटरसाईकलको खरिदमा निशुल्क हेल्मेट, बाईक कबर, व्याक्स, ल्यापटप ब्याग र लेग गार्ड जस्ता एक्सेसरिज पाउने छन् ।
ग्राहकहरुले बजाजको नयाँ वर्ष २०७६ को स्कीम “बजाज उल्टो अफर” को लाभ लिन सक्नेछन्, जसमा बजाजको मोटरसाईकल किन्नु भन्दा अगाडि नगद पुरस्कार र किने पछि पनि रु १ लाखसम्मको नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.