२०७६ साउन ७ गते १०:५३ विकासन्युज
काठमाडौँ । ढुवानी व्यवसायीहरुको आन्दोलन स्थगित भएको छ ।
ढुवानीमा भ्याट र मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली(भेहिकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ प्रणाली(भिसिटीएस)को विरोधमा उत्रिएका व्यवसायी आन्दोलन स्थगित भएको हो ।
ढुवानी व्यवसायीहरुले सरकारले ल्याएको नयाँ प्रावधानको विरोध गर्दै आ-आफ्ना सवारी थन्क्याएका थिए ।
मंगलबार ढुवानी व्यवसाय क्षेत्रमा देखिएका समस्याहरुका सम्बन्धमा छलफल गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवको उपस्थितिमा बसेको बैठक समस्या समाधानतर्फ सकारात्मक भएपछि ढुवानी व्यवसाय सुचारु गरेको बैठकमा सहभागी व्यवसायी गोकर्ण पराजुलीले बताए ।
बैठकले ढुवानी व्यवसाय तथा यातायात क्षेत्रका सम्बन्धमा हाल देखिएको विविध समस्याहरुको अध्ययन गरी ३० दिन भित्र सुझाव सहितको प्रतिवेदन पेश गर्न कार्यदल गठन गरेको छ । कार्यविधि आफैं निर्धारण गरेर प्रतिवेदन बुझाउने कार्यदलका संयोजक भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव राजेश्वर ज्ञवालीले जनाएका छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.