२०७६ साउन २२ गते १८:१२ विकासन्युज
काठमाडौं । गुणस्तरीय उत्पादन नगर्ने र नीति नियम नमान्ने चार कम्पनीलाई नेपाल गुणस्तर तथा नापतौल विभागले कारबाही गरेको छ ।
तीन ओपिसी सिमेन्ट, एक पिपिसि सिमेन्टमा उद्योगले गुणस्तरहीन उत्पादन गरेकाले विभागले कारवाही गरेको हो ।
मोरङमा रहेको रहेका नेपाल अल्ट्राटेक सिमेन्ट प्रालि, भैरहवामा रहेको नेपाल अम्बुजा सिमेन्ट उद्योग,
सुनसरीको जानकी सिमेन्ट ई प्रालि र परासीमा रहेको चितवन सिमेन्ट उद्योगलाई विभागले कारवाही गरेको जनाएको छ ।
कारवाही गरिएकामध्ये नेपाल अल्ट्राटेक सिमेन्ट बिक्री वितरण रोक र स्पष्टीकरण माग गरिएको, चितवन सिमेन्टको इजाजतपत्र रद्द, नेपाल अम्बुजा सिमेन्टको इजाजतपत्र स्थगन र जानकी सिमेन्टको बिक्री वितरण रोक र स्पष्टीकरण माग गरिएको विभागले जनाएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.