२०७६ भदौ १० गते १८:०१ विकासन्युज
काठमाडौं । नेपालका लागि जिपको आधिकारिक विक्रेता एमएडब्लु लाइफले जिपको ‘ट्रायल रेटेड’ एसयूभी कम्पास ट्रायल हक सार्वजनिक गरेको छ ।
नयाँ कम्पास ट्रायल हकमा २.० लिटरको मल्टिजेट टर्बोडिजेल इन्जिन प्रयोग गरिएको छ, जसले अधिकतम १७० एचपीपावर र ३५० एनएम टर्क उत्पन्न गर्छ ।
जिपले कम्पास ट्रायल हकमा पहिलो पटक ९ स्पिडको डिजेल अटोमेटिक ट्रान्समिसन भएको इन्जिन प्रयोग गरेको छ । जसले गर्दा यो एसयुभी कठोर भू–बनोटमा पनि गुडन सक्ने क्षमता राख्छ । नेपालमा जिप कम्पास ट्रायल हकको मूल्य एक करोड २४ लाख नब्बे हजार रुपैयाँ कायम गरिएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.