२०७६ असोज ९ गते १७:३८ विकासन्युज
काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, लोत्से बहुउदेशीय प्रा.लि. तथा सिप्रदी ट्रेडिङ प्रालिको संयुक्त आयोजनामा नयाँबसपार्क गोङ्गबुमा यान्त्रिक परीक्षण शुभारम्भका साथै सार्वजनिक यातायातमा जनचेतनामुलक अडियो विमोचन कार्यक्रम सम्पन्न गरिएको छ ।
चाडपर्व विशेष शुभकामना आदानप्रदानका साथै सार्वजनिक यातायात र यात्राको सुरक्षाका लागि सो कार्यक्रमको आयोजना गरिएको जनाइएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ तथा लोत्से बहुउदेशीय प्रालिको विशेष पहलमा बसपार्कबाट छुट्ने लामो तथा छोटो दुरीका सवारीसाधनहरुको निःशुल्क यान्त्रिक परीक्षण गरी सम्भावित दुर्घटना न्युनीकरण गर्नका लागि कार्यक्रम आयोजना गरिएको हो ।
सो कार्यक्रममा बोल्नु हुँदै सिप्रदी कम्पनीज्का प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले चाडपर्वहरुको समयमा सार्वजनिक यातायातको चाप बढ्ने हुँदा सवारी साधन र यात्रुहरुको सुरक्षित यात्राका लागि विभिन्न किसिमका ११ वटा निःशुल्क यान्त्रिक परीक्षण गरी सेवा पुर्याउन पाउँदा खुशी लागेको बताए । उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल रहेका थिए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.