२०७६ मंसिर ९ गते १०:५९ विकासन्युज
काठमाडौं । माइती ईन्डियाको प्रयासमा आज दुई चेलीको उद्धार भएको छ । काठमाडौंबाट दिल्ली पुर्याइएका अवस्थामा ती चेलीहरूको उद्धार भएको हो ।
काभ्रे जिल्ला घर भएकी वर्ष २५ रिता (नाम परिवर्तन) काठमाण्डौँको बाटो हुँदै दिल्लीमा राम्रो नोकरी लगाइदिने प्रलोभनमा ललाइफकाई ल्याई कोठीमा बेच्दै गर्दाको अवस्थामा भेटिएकी हुन् ।
त्यसैगरी, अर्की झापाको चेलीलाई मितेनी साइनो लगाई राम्रो तलब, राम्रो काममा लगाइदिने प्रलोभनमा पारी विरगन्जको बाटो हुँदै दिल्ली पुर्याइएका दूवै जनालाई माइती ईण्डियाको प्रयासमा र समाजसेवी बालकृष्ण पाण्डेको सहयोगमा आज उद्धार गर्न सफल भएको छ ।
नेपाल दूतावास नयाँ दिल्ली, दिल्ली पुलिस सबैसँग समन्वय गरी ती दुई चेलीहरुलाई नेपाल फर्काइँदै गरेको माइती इन्डियाको ट्रष्टी सीता अधिकारीले बताएकी छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.