सिद्धार्थ इन्स्योरेन्सको नयाँ शाखा न्यूरोडमा, काठमाडौंमा मात्रै ११ वटा खोल्ने लक्ष्य

  २०७६ मंसिर ९ गते १६:१६     विकासन्युज

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले काठमाडौंको न्यूरोडमा नयाँ शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन बीमा समितिका कार्यकारी निर्देशक राजुरमन पौडेल तथा कम्पनीका अध्यक्ष रतनलाल केडियाले संयुक्त रुपमा गरेका हुन् ।

सो समारोहमा कार्यकारी निर्देशक पौडेलले विस्तारित शाखाबाट बीमितलाई अझ प्रभावकारी बीमा सेवा प्रदान गर्न सजिलो हुने बताएका छन् ।

कम्पनीका अध्यक्ष केडियाले अहिलेसम्म काठमाडौं उपत्यकामा ११ वटा शाखा सञ्जालमार्फत स्तरिय बीमा सेवा प्रदान गर्ने लक्ष्य रहेको बताएका छन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्रीले उत्कृष्ट बीमा सेवा प्रदान गर्न कम्पनी प्रतिबद्ध रहेको बताएका छन् ।