२०७६ मंसिर १२ गते १९:५४ विकासन्युज
काठमाडाैं । भारतिय मोटरसाइकल उत्पादक कम्पनी टिभिएसले २०२० संस्करणको ‘अपाचे आरटिआर १६० ४भी’ र ‘अपाचे आरटिआर २०० ४भी’ लाई भारतमा सार्वजनिक गरेको छ ।
कम्पनीले भारतिय बजारमा आरटिआर २०० ४भी को मूल्य एक लाख २४ हजार रुपैयाँ तोकेको छ भने आरटिआर १६० ४भी (ड्रम) को मूल्य ९९ हजार नौ सय ५० रुपैयाँ र त्यसैगरी आरटिआर १६० ४भी (डिस्क) को मूल्य एक लाख तीन हजार रुपैयाँ तोकेको छ । यी बाइकहरुको मूल्य भने अघिल्लो भर्जनको तुलनामा केहि वृद्धि भएको हो ।
टिभिएसले यी मोडेलहरुलाई धेरै परिमार्जन गरेर बजारमा ल्याएको हो । पहिलो परिमार्जनको रुपमा यी बाइकहरुमा बीएस६ प्रदुषण मापदण्ड अनुरुपको इञ्जिन समावेस छन् ।आरटिआर २०० ४भीमा भएको बीएस६ इञ्जिनले पहिले जतिनै अर्थात् २०.५० एचपीको पावर उत्पादन गर्दछ भने टर्क चाहिँ पहिलेको भन्दा १.३० एनएमले कम अर्थात् १६.८० एनएम उत्पादन गर्दछ । त्यसैगरी आरटिआर १६० ४भी मा दिइएको बीएस६ इञ्जिनले चाहिँ पहिलेभन्दा लगभग ०.८ एचपी कम अर्थात् १६.०२ एचपीको पावर उत्पादन गर्दछ भने टर्क चाहिँ लगभग ०.७ एनएमले कम अर्थात् १४.१२ एनएम उत्पादन गर्दछ ।
टिभिएसले यी मोडेलहरुमा नयाँ डिजाइनको एलईडी हेडलाइट दिएको छ जसले बाइकलाई पहिले भन्दा एग्रेशिभ लुक्स प्रदान गरेको छ ।
भारतिय मिडियाहरुका अनुसार कम्पनीले यी दुवै बाइकहरुमा जीटीटी (ग्लाइड थ्रू ट्राफिक) नामक फिचर पनि समावेस गरेको छ । यस फिचरले ट्राफिक भएको क्षेत्रमा कम स्पिडमा बाइकलाई स्मूथ र कन्ट्रोल्ड राइड प्रदान गर्न मद्दत पुर्याउँछ । त्यसैगरी, अन्य फिचरहरुको रुपमा यी मोडेलहरुमा ‘फिदर टच’ स्टार्ट र रिडिजाइन्ड मिरर समावेश छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.