ठिंगनबाट देखियो बतासे डाँडामा आगोको मुस्लो, प्रहरी घटनास्थल जाँदै

  २०७६ पुष ९ गते १३:२८     विकासन्युज

काठमाडौं । मकवानपुरको बकैया गाउँपालिका वडा नंबर १२ ठिंगनबाट गढी गाउँपालिकाको ७ नम्बर वडाको बतासे डाँडा क्षेत्रमा आगोको मुस्लो देखिएको छ ।

आगोको मुस्लो देखेपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका छन् । प्रहरीको एक टोली घटना स्थालमा गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

 

बकैया गाउँपालिका ११ नम्बरका वडा अध्यक्ष गोपाल लामाले अनकान्तार भिरमा आगोको मुस्लो देखिएको र त्यो ठाउँमा पुग्न पनि २ देखि ३ घन्टा लाग्ने बताएका छन्।

नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक त्रिलोचन पौड्याल भने विमान दुर्घटनाको कुनै सूचना आफूलाई नआएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.