२०७६ पुष १४ गते १८:१९ विकासन्युज
काठमाडौं । नेपालको लागि टिभिएस मोटरसाइकलको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले टिभिएस म्याक्स सेमी ट्रेल नामक नयाँ मोटरसाइकल नेपाली बजारमा भित्र्याएको छ । १२५ सीसीको उक्त मोटरसाइकलको बजार मूल्य दुई लाख ३९ हजार ९०० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।
कम्पनीको उपाध्यक्ष दीपक अग्रवाल र नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एवं हालको पिपिएल च्याम्पियन टिम चितवन राइनोजका कप्तान पारस खड्काले संयुक्त रुपमा टिभिएस म्याक्सलाई सार्वजनिक गरेका छन् । पोखराको क्रिकेट मैदानमा सम्पन्न पिपिएलको अन्तिम चरणको खेल पश्चात् उनीहरुले उक्त मोटरसाइकलको सार्वजनिकीकरण गर्दै मोटरसाइकल बिक्री प्रारम्भ भएको जानकारी गराएका छन् ।
यो मोटरसाईकलको विशेषता भनेको रोड टायर, हाई ग्राउण्ड क्लेरेन्स्, बाक्बोन च्यासिस, सिरीज स्पिङ्ग टेक्नोलोजी हो । जसर्ले बाटोघाटो जस्तै अवस्थाको भएपनि चलाउनेलाई यही समूहको अन्य मोटरसाइकलमा जस्तो ढाड दुख्ने समस्याले पिरोल्दैन भनें जति नै लामो समय चलाएपनि थकाई नलाग्ने कम्पनीले जनाएको छ ।
टिभिएस म्याक्स सेमी ट्रेल मोटरसाइकलको निर्माण अत्याधिक पावर दिने गरी, सबैभन्दा बढी सुविधा मिल्ने गरी र अत्याधिक माइलेज प्रदान गर्ने गरी गरिएको छ । साथसाथै यसमा १२५ सीसीको इको सफ्ट इन्जिन जडान गरिएको छ भनें यसको इन्धन ट्याँकीमा १४.५ लिटर भर्न सकिन्छ, जसको कारणले अत्याधिक माइलेजका साथ पर्याप्त सवार गर्न सकिन्छ ।
सोही समारोहमा मोटरसाइकल सार्वजनिक गर्दै चितवन राइनोजका कप्तान पारस खड्काले टिभिएसका मोटरसाइकलहरु नेपालको परिप्रेक्ष्यमा अत्यन्त सान्दर्भिक भएको बताएका छन् ।
उक्त बाइक देशभर रहेका टिभिएस शोरुमहरुमा उपलब्ध गराइने र बिक्रीपछिको सर्भिसको लागि पनि सेवा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.