२०७६ पुष २२ गते ११:१० विकासन्युज
काठमाडौं । सीजी मोटोकर्पले पुस २३ देखि २५ गतेसम्म । ‘विन्टर फ्रि सर्भिस क्याम्प’को आयोजना गर्ने भएको छ । सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफरहरु पाउने भएका छन् ।
साथै, सर्भिस क्याम्पमा ग्राहकले निःशुल्क एसी चेक, ब्याट्री चेक, ओभरअल चेकअप र निःशुल्क कार वासको सुविधाका साथै एसडीटी डायग्नोसिसमा ५० प्रतिशत पाउने छन् ।
यस अवधिमा सुजुकीका ग्राहकले स्पेयर पार्टस्, इन्जिन आयल, एसोसरिज र ह्विल एलाइनमेन्टमा १० प्रतिशत छुट पाउने छन् ।
सुजुकीको विन्टर फ्रि सर्भिस क्याम्प’ नेपालभरीका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ । ३९ सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्जाल छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.