नबिल स्किल हिरोबाट विभिन्न विधामा ४ जना सम्मानित

  २०७६ माघ १७ गते १९:०९     विकासन्युज

काठमाडौं । स्किल विक २०२० सोल्टी क्राउन प्लाजामा सम्पन्न भएको छ । ग्लोकल प्रा.लि.द्वारा सन्चालित कार्यक्रममा उद्यमी, व्यवसायी, सरकारी निकाय तथा अन्तर्राष्ट्रिय संघ संस्था, संचारकर्मी एवम विद्यार्थीहरुको उपस्थिती थियो ।

कलकारखाना, शैक्षिक संस्थाएवम सरकारी निकाय सँगको साझेदारीको लक्ष्यलिइ तिनै क्षेत्रबाट सीपमूलक रोजगारीका अवसर, बढ्दोे सिपप्रतिको महत्व, ब्यापार, सेवा, आधुनिक प्रविधि देखि लिएर कला तथा संस्कृति झल्किने किसिमले सिपको महत्वउजागर गर्ने लक्ष्य लिई कार्यक्रम सन्चालन गरिएको थियो ।

स्किल फेष्ट नामक कार्यक्रम जनवरी २५ का दिन किङ्स कलेजमा सन्चालित गरिएको थियो जहाँ दर्जनौं युवाहरुको संलगनता रहेको थिया । सीपमूलक तालिमदेखि रोजगारीको अवसरमा देखिने ग्यापलाई कमगर्ने लक्ष्यलिएर सन्चालन भएको यस कार्यक्रम युवाहरुका लागि एक खुल्ला मन्च साबित भयो । स्किल फेष्टमा युवाहरुले सीपका विभिन्न किसिम, यस क्षेत्र, बजारको मागएवम् सिपको महत्वका बारेमा जानकारी पाउनको साथ साथै युवाहरुलाई विभिन्न सीपका बारेमा अन्वेषण गर्न, आफु सन्लग्न हुन एवम् ज्ञान हासिल गर्न सहयोग पुर्याएको थियो ।

यस कार्यक्रममा ४ फरक सीप क्षेत्रहरू प्रदर्शन गरिएको थियो जसमाकला र संस्कृति, उद्दमशीलता, पर्यटन तथा आतीथ्य, बिज्ञान तथा प्रविधि रहेका थिए । यसैबीच यिनै चार बिधामा चार अत्यन्त प्रेरणादायक व्यक्तित्वहरुलाई ग्लोकल प्रा.लिले नबिल स्किल हिरोबाट सम्मानित गरेको थियो ।

पहिलो बिधा पर्यटनतर्फ द्धारिकाज् होटलकी सभापति अम्बिका श्रेष्ठलाई नबिल स्किल हिरोबाट सम्मनित गरिएको थियो । त्यस्तै कला तथा संस्कृति बिधामा नेपालकी अत्यन्त लोकप्रिय नायिका एवम् कलाकार मिथिला शर्मालाई नबिल स्किल हिरो भनेर सम्मनित गरियो । उद्यमशीलता विधातर्फ क्यिूएफएक्स, क्वेष्ट टिमका संचालक एवम नवउद्यमी युवाहरुको प्रेरणाको स्रोत णकिम उद्दिन तथा बिज्ञान तथा प्रबिधी तर्फ एफवान सफ्ट इन्टरनेशनलका अध्यक्ष विश्वाश ढकाल पनि नबिल स्किल हिरोबाट सम्मनित भएका थिए । यी ४ बिधाका प्रतिभालाई सम्मान गर्दै नबिल स्किल हिरोको शीर्षक प्रदान गरिएको थियो ।

नबिल स्किल हिरोको निर्णयक टोलीमा नेपालका लागि यूनिसेफको प्रतिनिधि इल्के विस्च, पूर्व उद्योग मन्त्री नबिद्र राजजोशी, तथा महतो ग्रुपका संस्थापक उपेन्द्र महतो रहेका थिए । देशको सबैभन्दा प्रभावशाली सी ई ओहरुद्वारा मानसिकता विकासलाई प्रेरित गर्न ग्लोकल प्रा. लिद्वारा आयोजना गरिएको ‘सी ई ओ अन्प्लग् २०२०’ को पाचौ संस्करण काठमाडौंको होटल सोल्टी क्राउन प्लाजामा सम्पन्न भएको छ ।

नबिल बैंकसँगको साझेदारिमा सम्पन्न भएको यो कार्यक्रममा वर्ल्डलिंक कम्युनिकेसन पार्टनर रहेको थियो । साथै, नेपाल पर्यटन बोर्डले कार्यक्रमको प्रमोसन पार्टनरको भूमिका निर्बाह गरेको थियो । त्यसैगरी सोल्टी क्राउन प्लाजा होटल पाट्नर र स्ट्रयाटेजी पार्टनर ‘इम्ब्यासी अफ इन्डिया, यूनिसेफ एण्ड आईएलओ नेपाल’ रहेका छन । यो कार्यक्रममा ल्याण्डमार्क, क्यिुएफएक्स एण्ड होण्डाको पनि सहयोग रहेको थियो ।