२०७६ फागुन २८ गते १८:४९ विकासन्युज
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले पुतलीसडकमा निःशुल्क स्वास्थ्य शिविर, रक्तदान तथा सहयोग कार्यक्रम सञ्चालन गरेको छ । बैंकले आफ्नो नवौं वार्षिक उत्सवको उपलक्ष्यमा आफ्नो प्रधान कार्यालय पुतलीसडकमा उक्त कार्यक्रमहरु सञ्चालन गरी सम्पन्न गरेको हो ।
उक्त कार्यक्रम चावहिलस्थित ओम हस्पिटल तथा ताहाचलस्थित नेपाल रेडक्रस सोसाईटी, केन्द्रिय रक्तसञ्चार सेवाको सहयोगमा सम्पन्न भएको हो ।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालित शिविरमा सामान्य स्वास्थ्य परीक्षण गरिएको थियो ।
बालबालिकाहरु देखि लिएर वृद्धवृद्धाहरुसमेतको सहभागी उक्त शिविरमा धेरै जनाको निःशुल्क स्वास्थ्यपरीक्षण गरिएको थियो । रक्तदान कार्यक्रममा पनि ३५ जनाभन्दा बढीको सहभागी थियो ।
बैंकका संचालक समितीका अध्यक्ष राजेशकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा गरिएको वार्षिक कार्यक्रममा बैंकले महेन्द्र माध्यामिक विद्यालय हेलम्बु-६, सिन्धुपाल्चोकलाई २ थान ल्यापटप र १ थान प्रोजेक्टर प्रदान गरेको छ । त्यसैगरी बैंकले ‘आवर चाइल्ड केयर’ अनाथाश्रमलाई खाद्य सामाग्री पनि प्रदान गरेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.