२०७६ चैत २७ गते १०:५३ विकासन्युज
काठमाडौं । वैदेशिक रोजगारमा बहराइनमा कार्यरत २२ जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो समय एकै पटक बहराइनमा थप १० जना नेपालीमा कोरोना संक्रमण देखिएको हो ।
यस अगाडी १२ जना नेपाली कोरोना संक्रमित रहेको वहराइनस्थित नेपाली राजदूतावासले प्रेस विज्ञप्ती जारी गर्दै जानकारी दिएको छ । केहि समय अगाडी सल्माबाद स्थित एक क्यापमा एक जना विदेशी नागरिकमा कोरोना संक्रमण देखिए पश्चात त्यहाँ कार्यरत ४ सय जनालाई क्वारेन्टाइनमा गरिएकोमा हाल १० जना नेपालीमा कोरोना पुष्टि भएको राजदूतावासले जनाएको छ ।
बहराइनमा थप संक्रमण रोक्ने उद्देश्यले कुनै भेला, सभा, समारोह गर्न रोक लगाएको हो । हालसम्म बहराइनमा ८ सय २३ नागरिकमा कोरोना संक्रमण भएको छ भने ५ जनाको मृत्यु भईसकेको छ । बहराइनमा कोरोनाको उपचार पछि ४ सय ७७ जना नागरिक निको भएर घर फर्किएका छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.