२०७६ चैत २९ गते १३:३७ विकासन्युज
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा शुल्क कनेक्ट् आईपीएस् मार्फत भुक्तानी गर्न सकिने भएको छ । बीमा शुल्क विभिन्न डिजिटल पेमेन्ट सिस्टमबाट भुक्तानी सुविधा दिँदै आएकोमा अब सो आईपीएस् मार्फत अनलाइनबाट भुक्तानी गर्न सकिने भएको छ ।
कनेन्ट् आईपीएस्मा आवद्ध कुनै पनि बैंकको खाता मार्फत घरमै बसी बसी आफ्नो बीमा शुल्क भुक्तानी गर्न सकिने छ । जुनसुकै समयमा पनि अनलाइनबाट भुक्तानी गर्न सकिने यो सेवाले बीमितहरुको समय बचत हुने कम्पनीले जनाएको छ ।
नेपाल लाइफले आफ्ना सेवाग्राहीहरुलाई समय सापेक्ष प्रविधिमैत्री सेवा प्रवाह गर्दै आइरहेको छ । यस अघि नेपाल लाइफको प्रिमियम डिजिटल वँलिट्हरु ई सेवा तथा प्रभु पेबाट भुक्तानी भइरहेको छ ।
फन्ट पेमार्फत आफ्नो बैंक खाता कनेक्ट् गरी र नेपाल इन्भेष्ट्मेन्ट बैंकको इन्टरनेट ब्याङ्किङ्ग मार्फत भुक्तानी गर्ने कम्पनीले जानकारी दिएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.