२०७६ चैत ३० गते १२:२१ नारायणप्रसाद दुलाल
मेष
मेष राशिका व्यक्तिहरूलाई यो वर्ष शुभफलदायी नै रहनेछ । शेयर बजार र वित्तीय संस्थामा गरेको लगानीबाट सफलता मिल्नेछ । खाद्यान्न व्यवसायबाट प्रसस्त फाईदा मिल्नेछ । शैक्षिक क्षेत्रमा गरेको लगानीबाट पनि राम्रो प्रतिफल पाईनेछ । नयाँ जागिरको अवसर मिल्नेछ र पदोन्नतिको सम्भावना पनि रहेकोछ । प्राविधिक क्षेत्रका पेसाकर्मीहरूले राम्रो सफलता हात पर्नेछ । वैदेशिक क्षेत्र पनि सबल हुनेछ । तर धातु जन्य सामानको व्यवसायबाट नोक्सानी हुन सक्छ । श्रावण र मङ्सिर महिनामा हानी हुनेछ भने असार र कार्तिक महिनामा अधिक लाभ मिल्नेछ । प्रत्येक मंगलवार विघ्नहर्ता गणेशजीको दर्शन एवं पूजा गर्नाले ग्रहपीडा कमभई शुभ फल मिल्नेछ ।
वृष
वृष राशिका व्याक्तिहरूका लागि २०७७ सालमा मिश्रित फल मिल्नेछ । अढैयाशनिको प्रभावले नराम्रा एवं दुखद् समाचार सुन्नमा आउला । व्यापार वा व्यावसायीक दृष्टिले भने राम्रै रहनेछ । नयाँ लगानी र नयाँ व्यवसाय प्रारम्भ सुरु गर्न सकिनेछ । शेयर बजार अन्तर्गत बीमा क्षेत्रले सफलता दिलाउनेछ । तर जग्गा जमीन र मेसेनरी वस्तुमा गरेको लगनीले सफलता नमिल्न सक्छ । नोकरीमा पदोन्नति गर्न सकिनेछ तर व्यवसायमा खासै राम्रो हुने योग छैन । शनि कमजोर भएकाले अनावस्यक झन्झट तथा झमेलाको सामना गर्नुपर्नेछ । व्यवसायिक दृष्टिले जेठ, भाद्र महिना फलदायी हुनेछैन । आफ्नो जन्म दिनमा वृक्षारोपण गर्नेहरूलाई ग्रहपिडा कम भई अधिक सफलता मिल्नेछ ।
मिथुन
२०७७ साल मिथुन राशि हुनेहरूको लागि सामान्य नै रहनेछ । वर्षको सुरुमा र अन्त्यमा केही कठीन परिस्थितिको सामना गर्नुपरे पनि मध्यभागमा रोकिएका अधूरा कार्यले पूर्णता पाउनेछ । शनि कमजोर भएका व्यक्तिलाई अनावस्यक झन्झट तथा झमेलाको सामना गर्नुपर्नेछ । इलेक्ट्रोनिक र घर जग्गाको कारोबारबाट राम्रो आम्दानी गर्न सकिनेछ । सेयर बजारमा भने त्यति राम्रो हुनेछैन । यो वर्षको मध्यमा नयाँ रोजगार वा व्यवसायको प्रारम्भ हुनेछ । विज्ञान र आई. टी.का विद्यार्थीहरूलाई पढाई-लेखईमा बढी सफलता मिल्नेछ । होटल तथा कूटनैतिक क्षेत्रका व्यक्तिहरूलाई निकै राम्रो हुनेछ । आर्थिक दृष्टिले साउन, भदौ र पौष महिना हानिकारक हुनसक्छ ।
कर्कट
कर्कट राशी हुनेहरूका लागि यो वर्ष सामान्य नै हुने देखिन्छ । यो वर्षको प्रारम्भमा सप्तम भवमा बृहस्पतिले गोचर गर्नेछ, उक्त समयमा मांगलिक कार्य र शुभाफल प्रदान गर्नेछ, तर शनि कमजोर हुनेहरूलाई भने उतार चडाव हुनेछ, वादविवाद र अन्तिम समयमा काम नबन्न सक्छ । वर्षको पूर्वार्धमा शृंगार, स्टेशनरी तथा सजावटिका व्यवसायीलाई राम्रो फाईदा हुनेछ । शेयर बजार अन्तर्गत बैंकिंग क्षेत्रको कारोबारबाट अधिक फाइदा हुनेछ । घरजग्गाबाट भने त्यति राम्रो हुने छैन र पार्टनरसिपमा गरेको कार्यमापनि विवाद उत्पन्न हुन सक्छ अत: विचार पुर्याउनु पर्नेछ । शैक्षिक क्षेत्र भने अधुरै रहन सक्छ । आर्थिक दृष्टिले वैशाख, जेठ, असार र कार्तिक महिना राम्रो हुनेछ ।
सिंह
सिंह राशी हुनेहरू कालागि यो वर्ष इच्छा र आकांक्षाहरू पूरा हुनेछ । समाजमा ईज्जत तथा प्रतिष्ठा बढेर जानेछ । घर परिवारमा मंगल कार्यको अवसर जुर्नेछ । बर्ष आर्थिक हिसावले निकै राम्रो छ । तरल पदार्थ तथा विमा क्षेत्रमा गरिएको लगानि मौलाउनेछ, तर वर्षको उत्तरार्धमा अग्नि र चोरको भय भने रहिरहनेछ । कृषी तथा होटल लाईनको व्यापार फस्टाउनेछ, तर स्वास्थ्यमा गरेको लगानीबाट त्यति राम्रै प्रतिफल पाईनेछैन । नयाँ जागीर वा रोजगारको अवसरले पछ्याउनेछ । अनुसंधान र टेक्निकल क्षेत्रका विद्यार्थीहरूले विशेष सफलता मिल्ला । खानपिनमा र यात्रा गर्दा सतर्कता अपनाउन बढी आवस्यक छ । आर्थिक दृष्टिले जेठ, असार माघ र फागुन महिना शुभ रहनेछ ।
कन्या
कन्या राशीका जातकहरूका लागि यो वर्ष मध्यम नै रहनेछ । शत्रु पक्ष सबल हुनेछन् र नजीकका व्यक्तिसंग वादविवाद तथा दूरी बढ्न सक्छ, तर आर्थिक पक्ष र व्यापारीक दृष्टिले यो वर्ष राम्रै रहनेछ । आस मारिसकेको र रोकिएका धन हात पर्न सक्छ । पहिरन तथा शृंगारको व्यापार फस्टाउनेछ । घर जग्गा र वित्तीय संस्थाको कारोवारबाट लाभ नै हुनेछ । धातु र खाद्यान्नको कारोवारमा मन्दि आउनेछ । अध्यन अध्यापनको क्षेत्र सामान्य नै रहनेछ । सरकारी कर्मचारी र राजनैतिक क्षेत्रमा विविध समस्या आई पर्ला । प्रेमी जोडीहरूको सम्बन्ध सुमधुर हुँदै पारिवारिक समर्थन मिल्नेछ । आर्थिक दृष्टिले असार, साउन, पुष र फागुन महिना लाभदायक रहनेछ ।
तुला
तुला राशिलाई यो वर्ष सामान्य नै हुने देखिन्छ । न्यायीक कार्यमा सफलता मिल्नेछ भने, तर पैतृक सम्पत्तीमा बिवाद भने बढ्नेछ । धेरै मेहनेत गरेर थोरै प्रतिफल पाउन सकिन्छ तर वैदेशिक कार्य भने सफल रहनेछ । व्यवसायीक दृष्टीले लाभ नै हुनेछ, तर आफन्त संग लेनदेनको नगरेकै राम्रो हुनेछ । दलाली र शेयर बजारको लगानी सुझबुझमा भर पर्छ । स्वास्थ्य क्षेत्रमा गरिएको लगानीबाट राम्रै प्रतिफल पाईनेछ । तरल पदार्थको लगानी त्यति फलदाई नहोला । सरकारी जागीर खान खोज्ने हरूको लागि सुनौलो अवसर छ । आर्थिक दृष्टिले श्रावण, भाद्र, माघ र चैत्र माहिना बढी राम्रो रहनेछ । भोका र असहायलाई सहायता गर्नाले ग्रहपिडा कमभई भाग्यमा वृद्धि हुनेछ ।
वृश्चिक
वृश्चिक राशी हुनेहरूका लागि श्रावण २१ गतेदेखि मंसिर १ गते सम्म शनिको अन्त्य साढेसाती रहेको कारण गरेको कार्यमा उल्झन तथा काम बिग्रने समस्या हुन सक्ने र चोटपटकको भयपनि रहनेछ, तर बृहस्पतिग्रह राम्रो हुनेहरू कालगी विद्या र बुद्धि र धनको विकाश हुने र चमत्कारी ढंगले सफलता दिलाउनेछ । जग्गा जमीन र मोटरगाडीबाट चमत्कारी लाभ मिल्नेछ । सेयर बजार अन्तर्गत बैंकिंग क्षेत्रबाट राम्रो आम्दानी हुनेछ । शैक्षिक र सेवामुलक व्यावसायबाट बढी लाभ मिल्नेछ । कृषि, पर्यटन तथा होटल पेसामा आवद्ध व्यक्तिहरूलाई भने झमेला या समस्या आउन सक्छ । आर्थिक दृष्टिले बैशाख, भदौ, कात्तिक र फागुन महिनामा बढी सफलता मिल्नेछ ।
धनु
धनु राशी भएका व्याक्तिहरूलाई २०७७ साल सामान्य नै रहनेछ । शनिको मध्य र अन्त्य साढेसातिको प्रभाव वर्षभरिनै रहनाले उक्त समयमा कमजोर शनि रहने जातकहरूलाई भने बढी संघर्षमय रहनेछ । जन्म कुण्डलीमा यदि शनिराम्रो पोजिसनमा भए शनिदेवले उच्च पद, प्रतिष्ठा र शुभ फल मिल्नेछ, तर व्यापार / व्यवसायमा त्यति राम्रो देखिदैन । व्यापार व्यावसायको लगानि व्यर्थ हुनसक्छ । फैंसी तथा सजावटीको क्षेत्रमा गरिएको लगानि फस्टाएर जानेछ । सेयर बजार अन्तर्गत विमाक्षेत्रबाट राम्रो रहला । आर्किटेक्चर एवं विज्ञान क्षेत्रका शिक्षार्थीहरूलाई राम्रै सफलता मिल्नेछ । तरल पदार्थ र कृषि व्यवसायबाट राम्रो हुनेछ तर, विपक्षी भने बढ्न सकनेछन् ।
मकर
२०७७ साल मकर राशी हुनेहरूकालागि मध्यम नै रहनेछ, वर्ष भरीनै गोचर गर्ने राहु र शनिको कारणले वैदेशिक कार्य राम्रो हुनेछ, तर स्वदेसको कमाईले व्यवहार धान्न गारो पर्ला । शनि कमजोर रहने हरूलाई वर्षभरिनै शनिको आद्य र मध्य साढेसातिको प्रभावले गरेको कार्यमा ढिलासुस्ती हुने र चोटपटकको भए रहनेछ । उधारो र पूरानो ऋण तिर्न सकिनेछ, तर आय भन्दा व्यय बढ्नेछ । सेयरको कारोवार भने सूझ बुझमा भर पर्छ । स्वास्थ्य व्यवसाय फस्टाउनेछ तर आफ्नो कार्य क्षेत्रका सहकर्मीसंग मनमुटाव बढ्नसक्छ । विज्ञान विषयका विद्यार्थीहरूले उत्कृष्ट नतिजा पाउनेछन् । सत्य बोलनेलाई शनिदेवको आशीर्वाद प्राप्त भई भाग्यमा वृद्धि हुनेछ ।
कुम्भ
कुम्भ राशी हुनेहरूकालागि मिश्रित फल मिल्नेछ । इच्छा र शौक बढेर जानेछ । व्यवसायीक सन्दर्भमा नयाँ व्यक्ति र नयाँ कम्पनीसंग आवद्ध भइनेछ र वैदेशिक यात्रा हुनेछ, तर नजीकका व्यक्ति र वन्धु वान्धवसंगको सम्बन्धमा नचाहाँदा नचाहाँदै चिसोपना आउनसक्छ । धातु, खोज, संचार, र निर्माण व्यवसायमा लागेकाहरूलाई समय निकै राम्रो रहनेछ । खानेकुरा, तरल पदार्थ र शेयर बजारको कारोवार त्यति राम्रो रहने छैन । आई. टी., प्राविधिक, शिल्प र इंजीनियरिंग क्षेत्रका शिक्षार्थीहरूलाई अधिक राम्रो हुनेछ । सामाजिक क्षेत्रमा काम गर्नेहरू ले राज्यबाट मान सम्मान पाउनेछन् । स्वस्थ तथा सुरक्षा निकायका कर्मचारीहरूलाई सरुवा र बढुवा हुनसक्छ ।
मीन
यो वर्ष मीन राशि भएका व्याक्तिहरूका लागि अधूरा कामहरू पूरा हुने, नयाँ कार्यको योजना बन्नेछ र बिस्तारै सफलतापनि पाईनेछ । धार्मिक र सेवामूलक कार्यमा मन जानेछ । घर परिवारमा शुभकार्य हुनेछ । व्यवसायबाट अपेक्षित लाभ मिल्नेछ । वर्षको पूर्वार्धमा वैदेशिक कारोवार र बैंकिंग कारोबारबाट अधिक फाइदा मिल्नेछभने वर्षको उत्तरार्धमा निर्माण र शेयर बजारको लगानी फलदाई हुनेछ । घर जग्गा तथा दलाली व्यवासायीलाई मनग्य फाइदा होला । शैक्षिक क्षेत्र र वाहनमा लगानी गर्नेहरू चैं सचेत रहनुहोला । पारिवारिक समस्याबाट मुक्ति मिल्नेछ । प्रत्येक मंगलवार विघ्नहर्ता गणेशजीको दर्शन, पूजा र उपासना गर्नाले ग्रहपिडा कम हुने र भाग्यमा वृद्धि हुनेछ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.