२०७७ वैशाख ४ गते १६:३५ विकासन्युज
काठमाडौं । बीमा समितिले सस्तो बीमा शुल्क लिएर देशभरका नेपालीको कोरोना भाइरस सम्बन्धि बीमा गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । यस्तो बीमा लेखको विशेषताहरु घातक रोग सरहको बनाउन पनि समितिले निर्देशन दिएको छ ।
समितिले ५० हजार रुपैयाँ बीमाङ्कको बीमा लेखको बीमा शुल्क ३ सय रुपैयाँ तोकेको छ । एक जनाको मात्र बीमा लेख जारी गर्दा प्रतिव्यक्ति ५०० रुपैयाँ बीमा शुल्क लिन र परिवारका सबै सदस्यको समेत बीमा समावेश गर्दा प्रतिव्यक्ति ३०० रुपैयाँ बीमा शुल्क लिन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।
१ लाख रुपैयाँ बीमाङ्क भएको बीमा पोलिसी जारी गर्दा एक व्यक्तिको बीमा शुल्क १ हजार रुपैयाँ ताेकिएकाे छ भने र परिवारका सबै सदस्यको बीमा गर्दा प्रतिव्यक्ति ६ सय रुपैयाँ ताेकिएकाे छ ।
यस्तो बीमा गरेको १५ दिन प्रतिरक्षा अवधि हुनेछ । यसको अर्थ बीमा गरेको १५ दिन अगाबै बीमितलाई कोरोना लागेमा बीमा दावी लाग्नैछैन ।
१५ दिनपछि कोराना भाइरस पुष्टि हुने पीसीआरमा पाेजेटिभ देखिएमा बीमितलाई बीमकले दावी भुक्तानी दिनुपर्नेछ ।
काेराेना भाइरस बीमा लघु बीमा पुलले गर्नेछ । तर बीमा पाेलिसी जारी गर्ने जिम्मा भने कृषि बाली तथा घुम्ती बीमाका लागि ताेकिएका जिल्लामा कार्यरत बीमा कम्पनीहरूले गर्नु पर्नेछ ।
अहिलेसम्म १६ जना नेपालीलाई काेराेना भाइरस संक्रमण भइसकेकाे, अझ धेरै संक्रमणकाे जाेखिम रहेकाेले विशेषत ग्रामिण क्षेत्रसम्म न्युन आय भएकाे मानिसहरूलाई आर्थिक सुरक्षण प्रदान गर्न यस्ताे बीमा गर्नु परेकाे बीमा समितिले जनाएकाे छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.