२०७७ वैशाख ५ गते १२:११ विकासन्युज
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले कोरोना विरुद्ध लड्न ७ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ । इन्स्योरेन्सले सरकारले स्थापित गरेको ‘कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा उक्त योगदान गरेको हो ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो । यस सहयोगले अहिलेको महामारी रोकथाममा केही थप सहयोग हुनेमा कम्पनी विश्वस्थ रहेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.