सूर्या लाइफ इन्स्योरेन्सले गर्याे कोरोना कोषमा साढे सात लाख  सहयोग

  २०७७ वैशाख ६ गते १२:५५     विकासन्युज

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले सरकारले स्थापना गरेको कोरोना रोकथाम कोषमा साढे सात लाख सहयोग गरेको छ ।

विश्वमा नै महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को जोखिम नेपालमा पछिल्लो समय बढेसँगै सूर्या लाइफ इन्स्योरेन्सले पनि सो सहयोग गरेको हो ।

नेपाल सरकारबाट कोरोनालाई नियन्त्रण गर्ने उद्देश्यले गत चैत ११ गतेदेखि लकडाउन घोषणा गरेसँगै हालसम्म देश लकडाउन छ । विश्व स्वास्थ्य संगठन लगायत विश्वका सवै राष्ट्रहरु यस रोगको रोकथाममा लागि परेका छन् ।

सरकारले पछिल्लो समय निजि संघ संस्थाहरु तथा व्यक्तिलाई सहयोगको लागि अपिल गरिरहेको छ ।