२०७७ वैशाख ८ गते १५:११ विकासन्युज
काठमाडाैं । सुदूरपश्चिमकाे कैलालीमा कोरोनाभाइरस संक्रमितको उपचार गर्न दुईवटा अस्पताल निर्माण गर्न लागिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक सहयोगमा कैलाली र कञ्चनपुर जिल्लामा कोरोनाभाइरस संक्रमितको उपचार गर्न अस्पतालको निर्माण कार्य थालिएको हो ।
यी दुईवटै अस्पताल ५०/५० शैयाको हुनेछन् । निर्माण गर्न लागिएका दुईटै अस्पतालको लागत दुई करोड रहेको र त्यसको निर्माण एक महिनाभित्र सकिने सुदूरपश्चिम प्रदेश सामाजिक मन्त्रालयले बताएकाे छ ।
मन्त्रालयले स्वास्थ्य कार्यालय कैलाली र महाकाली प्रादेशिक अस्पताल कञ्चनपुरलाई कोरोनाभाइरस संक्रमितको उपचारका लागि भनेर ५०/५० शैयाको अस्पताल निर्माणका लागि एक/एक करोडको अख्तियारी दिएको छ ।
निर्माण हुने अस्पताल सेती प्रादेशिक अस्पताल र महाकाली प्रादेशिक अस्पतालले नै सञ्चालन गर्ने गरी निर्माण हुनलागेको हाे । धनगढीमा अस्पतालको भवन निर्माणका लागि सम्झौता भई काम सुरु गरिसकेको स्वास्थ्य कार्यालय कैलालीले बताएकाे छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.