नयाँ दिल्लीमा २ सय जना स्वास्थ्यकर्मीमा कोभिड-१९ संक्रमण

  २०७७ वैशाख १६ गते १४:४०     विकासन्युज

नयाँ दिल्ली। भारतको राजधानी नयाँ दिल्लीमा मात्र कोभिड-१९ का कम्तीमा पनि २ सय जना चिकित्सकसहितका स्वास्थ्यकर्मी संक्रमित भएका बताइएको छ ।

दिल्ली राज्यका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले सो कुराको जानकारी दिनुभएको हो । उनले नयाँ दिल्लीमा मात्र २०० जना स्वास्थ्यकर्मी कोभिड-१९ को संक्रमण भएका बताएका हुन् ।

उनले दिल्लीमा मात्र कोभिडका बिरामीको संख्या ३ हजार नाघेको बताए । उनले यहाँ ३ हजार १०८ जनामा यो संक्रमण देखिएको जानकारी दिए ।

उनले मङ्गलबार भने– यहाँ सरकारी तथा निजी अस्पताल सबैमा गरेर २०० जना स्वास्थ्यकर्मी कोभिड-१९ को विरामी परेका छन् । उनले यहाँका अस्पतालहरुमा दिन प्रतिदिन संक्रमित हुने स्वास्थ्यकर्मीहरुको संख्या बढ्ने गरेको पनि बताए ।

तर उनले दिएको जानकारी अनुसार कोभिड-१९ को उपचाराक लागि तोकिएका अस्पतालमा भन्दा बाहिरको अस्पतालका स्वास्थ्यकर्मीहरुमा यो संक्रमण देखिएको बताए ।

उनले दिल्लीको बाबु जग्जीवन राम मेमोरियल अस्पतालबाट मात्र ६० जना स्वास्थ्यकर्मीमा यो संक्रमण देखिएको जानकारी दिए ।

उनले दिल्लीमा मात्र ३ हजार १०८ जना संक्रमित भएकोमा ८७७ जना विरामी निको भएका छन् । हाल त्यहाँ २ हजार १७७ संक्रमित उपचाररत छन् ।

उनका अनुसार हिजोमात्र १९० जना संक्रमित दिल्लीमा थपिएका छन् । यहाँ ५४ जनाको ज्यान गएको छ । उनका अनुसार नयाँ दिल्लीमा गएको १३ दिनमा कोविड १९ का संक्रमितको संख्या दोब्बर हुन पुगेको छ ।

स्वास्थ्यमन्त्री जैनले भने– नयाँ दिल्लीमा लकडाउनका कारणले गर्दा यो रोग तीब्र गतिमा फैलिन नपाएको हो र लकडान नगरेको भए यहाँ यो संक्रमण अनियन्त्रित हुनेथियो ।