२०७७ वैशाख १८ गते ७:२७ विकासन्युज
काठमाडौं । अमेरिकाको व्हाइट हाउसले आफ्नो ट्वीटर ह्याण्डलमा केहि दिन अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहित केही भारतीय ट्वीटर ह्याण्डलहरुलाई फलो गरेको थियो । तर अब एक पल्ट फेरी अनफलाे गरिदिएको छ, जुन विषयलाई लिएर चर्चाहरु शुरु भएका छन् ।
कोरोना भाइरस महासंकटका बीच जब अमेरिकालाई हाइड्रोक्सीक्लोरोक्वीन दवाईको मद्दत चाहिएको थियो तब भारतले अघि बढेर उसलाई मद्दत गरेको थियो । त्यसको केही दिन पछि अर्थात् गत १० अप्रिलमा व्हाइट हाउसले सोशल मिडियामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, प्रधानमन्त्री कार्यालय, राष्ट्रपति भवन, अमेरिका स्थित भारतिय दूतावास तथा भारत स्थित अमेरिकी दूतावास लगायत ५ ट्वीटर ह्याण्डलहरुलाई फलो गर्न शुरु गरेको थियो । तर त्यसको केही दिन पछि नै व्हाइट हाउसले एक पल्ट फेरी ती सवै ह्याण्डललाई अनफलाे गरिदिएको छ ।
हाइड्रोक्सीक्लोरोक्वीन दवाई अमेरिका लगायत संसारका धेरै देशहरुलाई भारतले ठूलो संख्यामा उपलब्ध गराएको छ । यद्यपी, वितेका दिनमा अमेरिकाबाट एउटा रिपोर्ट आएको थियो कि कोरोना विरुद्ध जति आशा सो दवाईबाट गरिएको थियो, त्यो आशा अनुरुप सो दवाईले काम गर्न भने सकेन ।
(आजतक बाट साभार)
Copyright © 2025 Bikash Media Pvt. Ltd.