रुसका प्रधानमन्त्रीलाई कोरोना भाइरस पोजिटिभ

  २०७७ वैशाख १९ गते ६:४३     विकासन्युज

काठमाडौं । रुसी प्रधानमन्त्री मिखाइल मिशुस्तिनमा कोरोना भाइरस पोजिटिभ देखिएको छ । मिखाइल गत जनवरी महिनामा रुसका प्रधानमन्त्री बनेका थिए र हाल कोरोना महामारी विरुद्ध एकदम सक्रियतापूर्वक लागिपरेका थिए ।

रुसी टिभि च्यानलहरुमा उनले भिडियो कलमार्फत् यसका वारे राष्ट्रपति भ्लादीमिर पुटिनलाई जानकारी गराएको देखिएको छ । टिभी च्यानलहरुमा उनले पुटिनलाई भन्दै गरेको सुनिन्छ, “सम्मानित मिस्टर पुटिन, मलाई भर्खरै मात्र थाहा भयो कि मेरो कोरोना भाइरसको टेस्ट पोजिटिभ देखिएको छ । मैले आफैंलाई अलग राख्नु पर्नेछ तथा डक्टरहरुको निर्देशनको पालना गर्नुपर्नेछ ।”

भ्लादीमिर पुटिनले उनलाई चाँडै ठिक हुने कामना गरे । उनले भने, “जे तपाईंलाई भयो त्यो जोसुकैलाई पनि हुन सक्छ, मैले सधैं यो कुरा भन्ने गरेको छु । तपाईं हमेशा सक्रिय रहने व्यक्ति हुनुहुन्छ । तपाईंले अहिलेसम्म जे काम गर्नुभयो, त्यसका लागि म तपाईंलाई धन्यवाद दिन चाहन्छु ।”

रुसी प्रधानमन्त्रीमा कोभिड–१९ टेस्ट त्यही दिन पोजिटिभ देखिएको हो जुन दिन रुसमा संक्रमणको ७ हजार ८ नयाँ मामलाहरु देखा परेका थिए । यसका साथै रुसमा कोरोना भाइरस संक्रमितहरुको संख्या १ लाख नाघेको छ ।    (अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको सहयोगमा)