२०७७ वैशाख २१ गते ११:५८ विकासन्युज
काठमाडौं । उत्तर र दक्षिण कोरियाको सेनाबीच सिमानामा आइतबार बिहान गोली हानाहान भएको छ । दक्षिण कोरियाले समयअनुसार बिहान पौने ८ बजेतिर उत्तर कोरियाले आफ्ना सैन्य पोष्टहरूलाई लक्षित गरी गोली हानेको थियाे ।
साे गाेलीकाे जवाफमा दक्षिण कोरियाले पनि गोली नै हानेको जानकारी बाहिर आएको छ । दुई देशबीचको गोली हानाहानमा कोही पनि घाइते भने भएका अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएको छ ।
सुरक्षा व्यवस्था एकदमै कडा रहने असैनिकीकृत क्षेत्रलाई शान्ति क्षेत्रमा परिणत गराउने सोलस्थित दक्षिण कोरियाली सरकारको दुई वर्षयता जारी प्रयासबीच गोली हानाहानको घटना सार्वजनिक भएको छ।
करिब तीन हप्तायता पहिलो पटक उत्तर कोरियाली नेता किम जङ-अन सार्वजनिक रूपमा देखिएको विवरण आएको २४ घण्टापछि उत्तर र दक्षिण कोरियाली सेनाबीच गोली हानाहानको घटना भएको हो। दोस्रो विश्वयुद्धको अन्त्यमा दुई कोरिया विभाजित भएका थिए। प्राविधिक रूपमा यी दुई मुलुक अझै युद्धको अवस्थामा छन्
Copyright © 2025 Bikash Media Pvt. Ltd.