२०७७ वैशाख २२ गते ८:३२ विकासन्युज
काठमाडौं । भारतकाे दिल्लीमा लकडाउन खुकुलो गर्दै आजदेखि सरकारी तथा निजी कार्यालय खुल्ला हुने भएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्दु केजरीवालले अतिआवश्यक पर्ने सामग्रीको उद्योग, व्यवसाय, सरकारी कार्यालय, कृषिजन्य उत्पादन तथा बित्तिय संस्थाहरु सामाजिक दुरी कायम गरी खोल्न सकिने बताए ।
कोरोना आइसक्यो… अबका दिनमा कोरोनासँगै जिउने तयारीमा सरकार लाग्नु पर्नेछ, लकडाउनले नै कोरोना संक्रमण शुन्य हुने भन्ने हुँदैन त्यसैले सावधानी पुर्व महत्वपूर्ण उद्योगधन्दा, व्यवसाय संचालन गर्न पर्ने भन्दै निजी कार्यालय खोल्न सकिने तर ३३ प्रतिशत कामदारलाई मात्र उपस्थित गराउन मिल्ने मुख्यमन्त्री केजरीवालले जानकारी दिए ।
‘सबै कार्यालय बन्द गर्दा सरकारी खर्च कसरी चलाउने ? गतवर्ष अप्रिलको महिनामा साढे तिन हजार करोडको रेभिन्यु आएको थियो भने यो अप्रिलमा तीन सय करोड मात्रको रेभिन्यु आएको छ ‘ मुख्यमन्त्री केजरीवालले भने ।
पुरै दिल्ली रेर्ड जोनमा राख्दा उद्योगधन्दाहरु बन्द हुँदा उद्योगीलाई समस्या एकातिर अर्कातिर धेरैले रोजगारी गुमाएर भाेकमरी उत्पन्न हुने तथा देशकाे अर्थतन्त्रमा नै ठूलो धक्का पर्दा दिल्ली सरकारले लकडाउन खोल्न बाध्य भएको मुख्यमन्त्री केजरीवलले जानकारी दिए ।
सामाजिक, धार्मिक कार्यहरुमा तथा सभासमारोह एवंम विद्यालय खोल्ने कुरा नभएको भन्दै विवाहमा ५० जनाभन्दा बढी उपस्थित हुन नपाउने र मृत्यु संकारमा २० जनाभन्दा बढी उपस्थित नहुने नियम रहेको जनाएका छन् । दिल्लीका ९७ कन्टेनर पुरा रुपमा बन्द गरी अन्य सबै खुल्ला गर्ने तयारी भइरहेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.