कुवेतमा थप २० दिन लकडाउन घोषणा

  २०७७ वैशाख २७ गते ८:१०     विकासन्युज

काठमाडौं । कोरोना संक्रमण बढ्दै गएसँगै कुवेत सरकारले थप २० दिनको लकडाउन घोषणा गरेको छ । कोरोना भाइरस संक्रमणको रोक्नको लागि कुवेतमा मे १० देखि मे ३० सम्मका यो राष्ट्रव्यापी लकडाउन भएकाे सरकारले घाेषणा गरेकाे हाे ।

कुवेतमा कोरोना संक्रमित निरन्तर बढ्दै गएको छ, जसलाई ध्यानमा राख्दै कुवेत सरकारले यो निर्णय लिइएको छ । शुक्रवार मात्र कुवेतमा ६ सय ४१ जनामा नयाँ संक्रमण पुष्टि भएको छ भने हालसम्म ४७ जनाको मृत्यु भइसकेको छ । कुवेतमा संक्रमणको पहिलो केस फेब्रुअरी २ मा पुष्टि भयो ।

त्यस्तै करिब ७० हजार नेपाली श्रमिक रहेको कुवेतमा हालसम्म ८४ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको कुवेतस्थित नेपाल राजदुत दुर्गाप्रसाद भण्डारीले बताएका छन् ।