२०७७ वैशाख २९ गते १७:४७ विकासन्युज
काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा सिद्धार्थ इन्स्योरेन्सले ६१ करोड १६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । जुन गत आवको तुलनामा करिब ८० लाख रुपैयाँले घटी हो ।
इन्स्योरेन्सले प्रकाशित गरेको वित्तीय विवरण अनुसार कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा ६१ करोड ९६ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीले १६ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा २ करोड ६ लाख रुपैयाँ घटी हो । सो अवधिमा कम्पनीले १८ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
इन्स्योरेन्सले यस अवधिमा लगानी, कर्जा तथा अन्य आयबाट ६ करोड ६५ लाख रुपैयाँ आम्दानी गरेको छ ।
एक अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा २३ करोड ८४ लाख रुपैयाँ सञ्चित छ । त्यस्तै, बीमा कोषमा ७५ करोड ७६ लाख रुपैयाँ र महाविपत्ती कोषमा ८ करोड ७८ लाख रुपैयाँ रहेको छ ।
यस अवधिमा इन्स्योरेन्सले कुल एक लाख ३ हजार ९ सय ३३ वटा बीमालेख जारी गरी एक अर्ब ४९ करोड ८१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.