२०७७ जेठ ४ गते १७:३४ डा.रमा दाहाल
आजसम्म बैश्विक महामारीको उदाहरण लिनु पर्दा सन १३४६–१३५३ को अवधिमा युरोप एशिया र अफ्रिकामा फैलिएको प्लेगले मृत्यु हुनेको संख्या २ करोडको अनुमान गरेका छन् । त्यस्तै धेरै ज्यानको नोक्सानी को कुरा उठाउँदा स्पेनिस फ्लुबाट मृत्यु हुनेको संख्या आधिकारिक ५ करोड भनिन्छ, अन्दाज गर्नेले यो संख्यालाई आधामात्र भन्छन् । हालको सन्दर्भमा कोविड–१९ ले २०० भन्दा धेरै देशमा आफ्नो प्रभाव देखाईसकेको छ । कतै भर्खरै सुरु भएर फैलिदै छ भने कहि नियन्त्रणमा आएको छ । मृत्यु हुनेको संख्या पुराना महामारीको तुलनामा धेरै कम भए पनि संसर्गबाट सर्ने हुनाले विश्व जनसंख्यालाई घर भित्र बस्न बाध्य पारेको छ ।
कोभिड–१९ बाट दैनिक जीवनचर्याको अस्तव्यस्तका साथै आर्थिक क्षेत्रमा पर्ने असरलाई बीमाका दृष्टिकोणले हेर्दा बीमाङ्कको रकम मूल्याकंन कम भएर प्रिमियम घट्ने देखिन्छ । महामारीको प्रभाव कायम रहेको र विश्वका करिब करिब सबैजसो देशमा यसबाट बच्ने उपायमै ध्यान केन्द्रित गरेको बेलामा अर्थतन्त्रमा परेको र पर्ने असरको मूल्याकंन गर्न पर्खिनु नै पर्नेछ । बीमा व्यवसायीहरुको कुरा सुन्दा महामारीबाट पर्ने नोक्सानीको कभरेजलाई ३० देखि ५० प्रतिशतसम्म प्रिमियम बढ्न सक्ने आंकलन छ ।
सबै उद्योग धन्दा, वित्तीय बजारलाई चपेटामा परेकोले बीमा गर्न पहिलेभन्दा प्रिमियममा रकम धेरै खर्च गर्नुपर्ने हुने संकेत छ । पुनर्बीमा नै एक त्यस्तो माध्यम हो जुन बीमा कम्पनीले आफ्नो दायित्वको अंश अर्कोलाई बुझाउछन । यस्तो गर्दा भविष्यमा पर्न सक्ने दावीबाट निश्चिन्त भइ बीमा कम्पनी आफ्नो कारोवार बढाउन सक्नेछन् । यसो भन्दैमा सबै जोखिमको भारवहन गर्न पुनर्बीमक कम्पनी तैयार हुदैन । जोखिम बहन गर्ने केहि सिद्धान्त हुन्छन् । बीमाले सम्भवतः हुन सक्ने जोखिम न्युनिकरणको पुनर्बीमा रकम धेरै बीमा गरेर आर्जन गर्ने र जोखिम हुन सक्ने वा नहुने वा केहि मात्रामा मात्र असर गर्ने जोखिम लिने वा नलिने निर्णय गर्छ । कति देशहरुमा सरकारको निर्णयलाई स्वीकार गरी बीमा कम्पनीले जोखिम बहन गर्छन भने कतिको पुनर्बीमक उपलब्ध हुन्छ । हाम्रो देशमा सरकारले निर्णय गरेको र बीमा समितिको पहलमा जोखिमको बीमा गर्न तत्कालको उपाय ‘पुलिङ’ गरेको देखिन्छ । जहाँ सबै बीमा कम्पनीले मिलि बराबारको हिस्सामा जोखिम बहन गर्छन । यसमा नेपाल पुनर्बीमा कम्पनीले मुख्य भूमिका निर्वाह गरेको छ । कोभिड–१९ को स्वस्थ्य बीमाको लागि पनि यही तरिका अपनाइएको छ । नेपालमा पुनर्बीमा कम्पनीको सम्झौतामा विषम महामारीको कभर नहुने भन्ने उल्लेख भएको हुँदा महामारीको कारण नेपाली बीमा बजारमा क्षति कम हुनेछ ।
कोभिड–१९ बाट दैनिक जीवनचर्याको अस्तव्यस्तका साथै आर्थिक क्षेत्रमा पर्ने असरलाई बीमाका दृष्टिकोणले हेर्दा बीमाङ्कको रकम मूल्याकंन कम भएर प्रिमियम घट्ने देखिन्छ । बीमा व्यवसायीहरुको कुरा सुन्दा महामारीबाट पर्ने नोक्सानीको कभरेजलाई ३० देखि ५० प्रतिशतसम्म प्रिमियम बढ्न सक्ने आंकलन छ ।
यस बाहेक हामीले सुन्दै आएको विषम महामारीको आर्थिक रुपमा पर्ने असर र बीमामा आएका दाबीमा धेरै जसो अमेरिका, क्यानाडा, युरोपियन मुलुकहरुमा बढि देखिन्छ, ती देशहरुमा स्वास्थ्य बाहेक व्यापारिक अवरोध, कार्यक्रम अवरोध जस्ता जोखिम पर्छन, जसकोे प्रचलन एशियन तथा अफ्रिकन बजारमा कम छ । विषम महामारीको क्षति अमेरिकी डलर १४० अर्बको अनुमान विलिसको रिर्पोटमा देखिन्छ जुन अमेरिकाको वल्र्ड ट्रेड सेन्टरको सेप्टेम्बर २००१ को क्षति, अमेरिकी डलर ८८.५ अर्ब रहेकोमा सम्पत्ति, व्यक्तिगत दुर्घटना (क्रेडिट कार्ड सम्बन्धी) बीमा, जीवन बीमा, हवाई बीमा सहितको बीमांक भन्दा कैयौ गुणा बढी हुने देखिन्छ । जसमा जीवन बीमाले ३० प्रतिशत, स्वास्थ्य बीमाले ३० प्रतिशत, दायित्व बीमाले १० प्रतिशत, व्यापरिक अवरोधले २५ प्रतिशत, अन्य ५ प्रतिशत अनुमान गरिएको छ ।
धेरै पश्चिमा मुलकबाट आएका क्षतिहरु (अमेरिका, ग्रेट ब्रिटेन र युरोपियन युनियन) व्यापारिक अवरोध, आकस्मिक, निर्देशक र अधिकृत, सामूहिक दायित्व, क्रेडिट कारोवार, कामदारहरुको क्षतिपूर्ती लगायत सबै प्रकारका जोखिमहरु समावेश गर्दा अमेरिकी डलर ११ अर्र्ब बराबारको क्षति देखाएको छ । लकडाउन समयको क्षतिलार्ई अमेरिकी डलर ३२ अर्बमा अन्दाज गरिएको छ जसमा सामूहिक दायित्व, कामदारहरुको क्षतिपूर्ती आदिको क्षति अमेरिकी डलर ९० अर्ब अन्दाज गरिएको छ । यसै गरी समग्र अमेरिका, ग्रेट ब्रिटेन र युरोपियन युनियनको क्षतिको अन्दाज गरिएको छ ।
पुनर्बीमकबाट दावी भुक्तानी अति चुनौतिपूर्ण हुनेछ, केही पुनर्बीमकले पश्चिमि मुलुकका ठूूलो क्षति व्यवहोर्नु पर्नेछ जसको असर भविष्यमा विश्वमा देखिनेछ । वास्तवमा पुनर्बीमाका सम्झौताका शब्दहरुले क्षतिपूर्ती के–कसरी हुने अर्थ लाग्छ ।
कोभिड–१९ पछाडिका समय उद्योगमा विभिन्न प्रकारको असर पर्न सक्ने छ । आर्थिक क्रियाकलापमा ह्रास आउनाले बीमा शुल्क घट्नेछ, बीमकको वृद्धि सुस्त हुन्छ जसले अन्डर राइटिङ, लगानी पोर्टफोलियो सुस्त हुन्छ । व्याजदर तथा इक्विटी घट्नाले यसको बजन बीमा बजारमा पर्नेछ । तर निर्जीवन बीमामा शेयर बजारको उत्तर चढाव हुन्छ, किनकी उनीहरुले चालु पुँजी, प्राकृतिक तथा दैवी प्रकोपको लागि तयार राख्नुपर्र्ने हुन्छ।
त्यस्तै, अफ्रो एसियन बजारमा आउने जोखिमको प्रकृतिमा स्वास्थ्य, जीवन, तथा दायित्व योजना अलग अलग प्रकारका हुनेछन । कुल ग्राहस्थ उत्पादन घट्नेछ । जोखिमको व्यवहार बदलिनेछ । आउदो नविकरणमा पुनर्बीमाको प्रकृतिमा रुपान्तरण हुनेछ ।
कोभिड–१९ले बीमा कम्पनीहरुको ब्यालेन्स सिटमा अल्पकालिन असर पार्नेछ । वित्तीय बजार दुर्घटना, शेयर लगानीमा विशेष कमी हुनेछ । घट्दो धितोपत्रले लगानीबाट आय घट्नेछ । सल्भेन्सी रेसियोमा असन्तुलन हुनेछ । बीमा शुल्क (प्रिमियम) भुक्तानीको समयमा ढिलाई तथा ग्राहक÷विमितको इन्सल्भेन्सीले थप दबाब पर्न सक्नेछ ।
बीमा बजारमा मध्याकालिन प्रभाव पनि हुने छ । उच्च बीमादरको लागि निरन्तर प्रयास हुनेछ । बीमा कम्पनीहरुले क्षतिपूर्ति दिनका लागि जतिसक्दो बीमा शुल्क (प्रिमियम) वृद्धि गरि बजारमा दबाब सिर्जना गर्ने छन । ग्राहक संख्याको आधार कमी हुने देखिन्छ । गाभिने र प्राप्ति गतिविधि बढ्ने देखिन्छ । केही बीमाका शिर्षकमा जोखिम बहन गर्न सक्ने क्षमता ह्रास आउने छ ।
पुनर्बीमा कर्तामा पर्ने प्रभाव
कोरोना भाइरसको फैलावटबाट उत्पन्न वित्तिय बजार व्यवधानले पुनर्बीमा क्षेत्रलाई पनि असर गर्छ । इक्विटि तथा क्रेडिट बजारमा दीर्घकालिन तनावको साथै व्याजदरमा गिरावटको कारणले आम्दानी कम हुनेछ र पुनर्बीमाकर्ताहरुको पुँजी असन्तुिलत हुनेछ । पुनर्बीमा कम्पनीहरुको श्रेणी विश्लेषक एजेन्सीले व्यवासयको आकार हेरी पुनर्बीमा कम्पनीहरुको स्तर घटबढ हुन सक्छ ।
सबैभन्दा ठूलो आगामी कार्यक्रम टोकियो ओलम्पिक जुलाईमा शुरु हुन लागेको थियो, सो कार्यक्रम २०२१ सम्मको लागि सारिएको छ । विज्ञहरुका अनुसार यस कार्यक्रमका लागि बीमा कम्तीमा अमेरिकी डलर २ अर्ब रहेको छ । जोखिम धेरै बीमा र पुनर्बीमा कर्ताहरुबीच फैलिएको छ तर केही पुनर्बीमकहरुको लाखौ डलरको एक्सपोजर देखिने छ जुन हालको वार्षिक आयको अर्थपूर्ण अनुपात बराबर हुन्छ ।
पुनर्बीमकहरुले आफ्नो आर्थिक सुधारको लागि उच्च बीमांक दरद्धारा बीमा कम्पनीहरुसँग असुल गर्नका लागि दररेट सँगसँगै नयाँ नीतिद्धारा क्षतिको दायरा घटाउने कोसिस गर्छन ताकि बीमा दाबी कम होस् ।
नेपाल यो चपेटाको अपवादमा पर्न सक्दैन र अब आउने आर्थिक वर्षको पुनर्बीमा सम्झौतामा पर्ने असर देख्न पाइने छ । प्रकृतिको नियमानुसार हरेक जोखिम र प्रकोपले नयाँ नयाँ जोखिम बहन गर्ने उपाय पनि सिर्जना गर्छ तसर्थ हामी हाम्रो बीमा क्षेत्रले पनि आफ्नो क्षेत्र बढाउदै लैजानु पर्ने देखिन्छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.