खुशी खोस्न दिन्नौ कोरोना तिमीलाई

  २०७७ जेठ ५ गते २२:३१     शोभा महर्जन

कोरोना तिमी उडायौ चीनको वुहानबाट
जे जेमा समात्न सक्थ्यौ समात्यौ त्यहिबाट
पाउ बसाल्यौ तिमी सहि ठाउमा
मानिसलाई ल्यायौ उसकै औकातमा

जब तिमी आयौ संसारमा अंधकार छायो
मानिसलाई उपवास बस्न बाध्य बनायौ
सहर गाउँ शुन्य बनाइ आफू दुलिहिड्यौ
सबैलाई संक्रमित बनाइ चिहानमा पुर्यायौ

आफन्तलाई आफन्तबाट टाढा बनायौ
जीन्दगीलाई जंगलको बास बनायौ
सम्पूर्ण वातावरणलाई स्वच्छ बनाई
अर्थतन्त्रमा भूइचालो ल्याइदियौ

लेखक

सजिलो छैन तिमीलाई हराउन
तर हार मान्दैनौ हामी नेपाली
आऊ अब लडौ यो माहामारीबाट
जबसम्म समाप्त गर्दैनौ यो माहामारीलाई

एक संयम एक विश्वास लिएर
अब हामी हार नमानी,मनको पिडा हताई
सिमा रेखा नतोडि ,कर्तव्यलाई पालना गरी
समाप्त गरौ यो कोरोनालाई

उम्रन्न दिन्नौ कोरोना तिमीलार्ई
हाम्रो खुशी खोस्न दिन्नौ कोरोना तिमीलाई
सबै ठाउँमा स्वछता राखी
हात नमिलाई नमस्कार गरी

साबुन सेनिटाइजर साथमा राखी हात धोइ
नडराई सावधान भई , केहि दिनको कुरा मानी
यो कोरानाले के गर्छ हामीलाई
जब यो संसार साथमा छ भने