२०७७ जेठ ७ गते १०:३० अनुप पराजुली
कोरोनाले विश्वब्यापी रुपमा लाखौं मानिसको ज्यान लिइरहेको छ । विश्वका विभिन्न राष्ट्रहरुले यसको खोजी गरिरहँदा पनि अझै कुनै पनि देशले यसको औषधी पत्ता लगाउन सकेको छैन । कोरोना पहिलो पटक नोभेम्बर १७ ,२०१९ मा चीनको हुबइ भन्ने प्रदेशको ५५ वर्ष कि महिलालाई देखिएको कुरा “चाइना मर्निङ पोस्ट”ले उल्लेख गरेको छ ।
चीनको यो शहरबाट सुरु भएको यो रोग विश्वभर फैलिएर लाखौंको ज्यान लिएर नकारात्मक असर पर्न थालिसकेको छ। विश्वको अर्थतन्त्र दशौँ वर्ष पछाडि धकेलिएको छ । विश्वका ठूल्ठूला राष्ट्रहरुले हार खाइसकेका छन् । कोरोनाबाट बच्न एउटै मात्र उपाए एक्लोपन र दूरी रहेको छ भन्न थालेका छन् । एक अर्कोसङ बस्न नहुने, संगै बसेर खान नहुने, एकले अर्कालाई छुन नहुने सुझावहरू सुझाइएकाे छ । विश्वभर फैलिएको यो महामारीले करोडौंको भविष्यमाथि प्रश्न गरेको छ । वैज्ञानिकहरु मौन छ्न् । अझै के कस्ता असर पर्छन् भन्ने कुराको खबर कसैलाई छैन ।
अब मान्छेमा न कुनै इच्छा छ, न कुनै उत्सुकता छ, केवल मनमा डर उत्पन्न हुन थालेको छ । झुटा खबर र त्यसले ल्याएको नकारात्मक प्रभावले विश्वभरी नै झन् धेरै असर देखिएको छ । अझै यस्तै भैराख्ने हो भने भोकमरी पैदा हुने कुरा निश्चित जस्तो नै देखिन्छ । एक पछि अर्कोसँग डर र आशंका उत्पति हुन थालेको छ । मनमा अनेकौं कुराहरू खेल्न थालेका छन् । अझै के के हुने हो भनेर मानिहरु डराउन थालेका छन् जसको उत्तर कोहिसँग पनि छैन । कोरोना माहामारीबाट एक मात्र उपाए भनेको घर भित्र बस्ने, बाहिर ननिस्कने र सामाजिक दूरी कायम गर्ने रहेको छ । कोरोना चीनबाट सुरु भएर आज विश्वकाे २१० भन्दा धेरै राष्ट्रहरुमा पुगिसकेको छ । अचम्मको कुरा त के छ भने यो के बाट आयो भन्ने कुरा आजम्म पनि ठम्याउन सकिएको छैन ।
लेखक
विभिन्न मानिसहरु आफ्नै आफ्नै प्रतिक्रिया दिँदै हिडिरहेका छन् । कोरोनालाई अर्को नाम कोभिड-१९ पनि भन्ने गरिएको छ । यो कुन रुपमा सर्छ भन्ने कुरा पनि ठ्याक्कै थाहा नहुने जस्तो देखिन्छ, यसको मुख्य लक्षण भनेको १०४ डिग्री फरेनहाइट भन्दा धेरै ज्वोरो आउनु, खोकी लाग्नु, सास फेर्न गाह्रो हुनु भनिएता पनि कुनै कुनै ठाउँमा बोल्दा बोल्दै, हिँड्दा हिँड्दै लडेको र पछि ल्याब टेस्ट गर्दा कोरोनाले गर्दा मृत्यु भएको भन्ने कुरा अर्को शंकाको विषय बनेको छ । आज २१ औं शताब्दीमा आइपुग्दा चन्द्रमामा जग्गा बिक्री हुने काम भैसक्दा एउटा आफ्नो आँखाले देख्न नसक्ने सुक्ष्म जीवले लाखौंको जान लिएको देख्दा विज्ञानको जगतमा पनि ठूलो प्रश्न खडा भएको विज्ञहरु बताउँछन् ।
एउटा आँखाले नदेख्ने जीवले यतिको बिनाश गर्छ भन्ने कुरा कतिको परिकल्पना भन्दा बाहिरको कुरा पनि हुन सक्छ । यसबाट हामीले शिक्षा हाँसिल गर्नुपर्छ “ठूला चिजहरु जसलाई हाम्रो आँखाले देख्छ ती भन्दा साना र आँखाले नदेख्ने चिजहरु नै बढी शक्तिशाली र खतरनाक हुने गर्छन् ।” त्यसैले हामीले कुनै पनि कुरालाई हेल्चेक्रर्याइ गर्नु हुँदैन । आखिर ठूलो घर जलाउने पनि एउटा सानो सलाईले नै त हो । हरेक दिन हजारौंको संख्यामा मानिसको मृत्यु भैरहँदा अब मेरो पालो कहिले आउने हो भनेर डर उत्पन्न हुनु सामान्य कुरा हो तर यहाँ डर र आशंकाले केवल विनाश गर्छ । हामीले घरभित्र बसेर सामाजिक दूरी कायम गर्यौ भने हामी कोहीसँग डराउनु पनि पर्दैन र हामीले कसैलाई शंका गर्नु पनि पर्दैन ।
हामी जनता आफैं सचेत र सजक भयौं भने कुनै पनि कुराले हामीलाई असर पुर्याउन सक्दैन । वैज्ञानिकहरु भन्छन् जो कमजोर छ, जसको रोक प्रतिरोधात्मक क्षमता कमजोर छ, जसले सानो सानो कुरा पचाउन नसक्ने र पाचन प्रणाली कमजोर छ उसलाई सबैभन्दा छिटो र सजिलोसँग असर गर्छ । यो सत्य हो जो कमजोर छ उसलाई नै हरेक कुराले सताउने गर्छ । जब ज्वोरो आउँछ, खोकी लाग्छ त्यहाँ पहिलेबाट नै एक किसिमको भाइरस हुन्छ र जब अर्को भाइरस त्यहाँ गएर सम्मिलित हुन्छ उनीहरू बलियो बनेर मानिसको अङ्गहरुलाई दबाउँदै अनेक किसिमको प्रभाव पार्दै मानिसको ज्यान लिने गर्छ । यसको मतलब यो हैन कि तन्दुरुस्त र हिस्टपुस्ट मान्छेलाई यसको असर पर्दैन । उनीहरुले पनि यसले मलाई असर गर्दैनन् भनेर योबाट बच्ने उपाए अपनाएनन् भने सबैभन्दा पहिले उनीहरू नै यसको शिकार हुन पुग्छन् ।
रोग त्यो पराक्रमी शक्ति जो जसले धनी-गरिव हेर्दैन, दुखी-सुखी हेर्दैन, पागल सद्दे हेर्दैन । जसले म हुँ मलाई कसैले केही गर्न सक्दैन भन्ने घमण्ड बोक्छ उसलाई कसैले पनि बचाउन सक्दैन । कोरोनाले विश्वलाई असर पुर्याइ रहँदा अचम्मको कुरा के छ भने कोरोना चीनको जुन ठाउँमा नोभेम्बर १७,१०१९ मा पहिलो पटक देखिएको ठाउँमा आज कोरोना खोज्दा पनि नभेटिने अवस्था भएको छ । किनकी उनीहरूले यसलाई गम्भीर ढंगले लिएन भनेर यसले देश र जनतामा धेरै ठूलो असर पुर्याउने भन्दै करिब दुई महिना त्यो प्रदेश पूर्ण रूपमा बन्द गरिदिएका थिए र अरु राष्ट्रहरुले गरेको हेल्चेक्रर्याइको नतिजा आज तपाईं हामीसँग छ । हरेक देशका नेताहरुको आँखामा आँसु भन्दा अर्को कुनै पनि विकल्प छैन । रोग छ औषधी छैन, भोक छ अन्न छैन । जो सँग धैर्यता छ उ सँग सबै कुरा छ जो सँग धैर्यता छैन उ सँग केहि पनि छैन । चीनले धैर्य भएर घरमा बस्नु पछि सबै ठिक हुन्छ भनेर आफ्ना जनतालाई आवह्नान गर्यो, जनता जिम्मेवार र आदर्श भएर आफ्नो घरमा नै बसे र थोरै मात्रमा लागेको कोरोना त्यही, विनास भएर सकियो र बाहिर संक्रमित हुन पाएन तर जो केही हुँदैन जे हुन्छ चीनमा नै हुन्छ भनेर अवहेलना गरे आज यो अवस्था भोग्न बाध्य छन् ।
कोरोना महामारीले एउटा ब्यक्ति, एउटा क्षेत्र, एउटा राष्ट्र मात्र नभएर सारा विश्वलाई नै उजाड बनाउने अवस्थामा पुर्याइसकेको छ । लाखौं कल-कारखाना बन्द भएका छन्, लाखौं ब्यक्ति परिवार बिहिन भएका छन्, करोडौंको संख्यामा अलपत्र परेका छन् । आफ्नो आफ्नो क्षेत्रमा असर पुर्याउन उसले सबैभन्दा ठूलो भूमिका निर्वाह गरेको छ तर पनि यसको एउटै विकल्प छ घरमा बस्ने, सफा सुग्गर हुने, हात धोइराख्ने, सेनिटाइजरको प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्ने आदि ।
यसले विश्वब्यापी रुपमा आ-आफ्नो क्षेत्रमा धेरै असर गरे पनि सबैभन्दा ठूलो असर मानिसको दिमागमा गरेको छ । हरेकको दिमागमा एउटै कुरा आउन थालेको छ- कोरोना, क्वारेन्टाइन, स्यानिटाइजर, आइसोलेसन र यति जनाको मृत्यु । आखिर कहिले सम्म ? यी सबै कुरा बिर्सेर केही हुँदैन घरमा बसौं भनेर आफ्नो मनस्थितिलाई कठोर र मजबुत बनाएर हरेक कुराको समाना गर्छु भनेर यो बेलामा म केही नयाँ सिक्छु, कहि नयाँ सिकाउँछु भनेर लाग्नुपर्छ । यो माहामारी कुनै एक व्यक्ति र राष्ट्रको कमजोरीले आएको होइन । यो विश्वव्यापी रूपमा नै आएको समस्या हो र यो समस्याको समधान जो जे जसरी रहेका छन् त्यसैगरि सकेको सहयोग गरि आ-आफ्नो ठाउँ बाट गर्नु पर्ने हुन्छ । नेपालको सन्दर्भमा खाद्यन्यको समस्या छोटो समयमा देखा परेको तेस्रो पटक हो । अर्थात कि भूकम्प र नाकाबन्दी पछिको यो अर्को महामारी हो । नेपाल र नेपाली जनताले बुझ्न पर्ने थियो । माहामारि र भोकमरी समय समयमा आउँछ भनेर, काम गर्ने मान्छे सबै मजदुर हुन् जो शारीरिक रूपमा अपाङ्गता भएका हुन्छन् ती व्यक्ति वास्तव मै पीडित हुन्छन् । जो शारीरिक रूपमा सक्षेम हुन्छन् ती व्यक्ति काम गरेर खान सक्छन्, जस्ले काम गर्छ उसले थोर-बहुत कमाउँछन ।
मान्छे आफ्नो जीविकोपार्जन सहज गर्नलाई धेरै कमाएर हैन, आफ्नो मिहिनेतले कमाएको पैसालाई सहि सदुपयोग गरेर हो । जबकि कुनै मजदुरले लामो समयदेखि जुन जुन ठाउँमा श्रम गरिरहेका छन् ती मजदूरलाई सम्बन्धित मालिकहरूले सकेको सहयोग गर्नुपर्ने हुन्छ । सबैलाई राज्यले दिएर सम्भव हुदैन ।
मान्छे आफ्नो जीविकोपार्जन सहज गर्नलाई धेरै कमाएर हैन, आफ्नो मिहिनेतले कमाएको पैसालाई सहि सदुपयोग गरेर हो । जबकि कुनै मजदुरले लामो समयदेखि जुन जुन ठाउँमा श्रम गरिरहेका छन् ती मजदूरलाई सम्बन्धित मालिकहरूले सकेको सहयोग गर्नुपर्ने हुन्छ । सबैलाई राज्यले दिएर सम्भव हुदैन । जो वास्तविक पीडित हुन् उनीहरूलाई राहत दिनु नै पर्ने हुन्छ र राहत दिने क्रममा अन्जानमा कुनै पीडित छुटेको पनि हुन्छ, यो समस्य हो । यो समस्यालाई समधान गर्न तपाईं हामीले देखेको र बुझेको उपाय दिने हो । घरको कोठामा बसेर, विदेशमा रहेर अरुको विरोध गर्ने हैन । समस्या देखाउन सजिलो छ समधान गर्न गाह्रो छ । त्यसैले बिरोध मात्र होइन आफ्नो गतिला सुझाब दिउँ । सङ्कटको घडीमा हामी सबैले सामान्य तरिकाले जीउन सिकौं खान पान खर्च घटाऔं । यो समस्या लामो समयसम्म रहन सक्छ । त्यसैले सादा जीवन उच्च विचार लिउँ बिरोध हैन, सद्भाव बाडौँ ।
यस्तो अवस्थामा यसले करोडौंको संख्यामा नोक्सान पुर्याएको छ । भिन्न देशका लाखौं स्कुल, कलेजहरु बन्द भएका छन् । महिनौं देखि ठप्प भएका शैक्षिक संस्थाहरुले गर्दा बिध्यार्थीको भविष्यमा कस्तो किसिमको असर पर्ने हो भनेर विश्व चिन्तित छ । अभिभावक चिन्तित छन् । बिद्यार्थी स्वयम् चिन्तित छ्न । यत्तिका समयमा हामीले पढ्ने र सिक्ने कुरा धेरै थिए भनेर सबै निरास छन् र निकट भविष्यमा यसले कस्तो खालको समस्या सिर्जना गर्छ भन्ने कुरामा निकै ठूलो आशंका देखिएको छ ।
कोरोनाको प्रकोपसंगै अस्पताल जानुअघि आँखाबाट आँसु झार्दै एक नर्स जोडि ।
कल कारखाना बन्द भएपछि खाद्यान्न सामान निर्माण कार्य बन्द भएको छ र पहिले जस्तो आयात हुने अवस्था पनि छैन । अहिले पहिलेको बाँकी भएकोबाट चल्दै जान्छ जब सकिन्छ तब के गर्ने भनेर अझै थाहा छैन । भर्खरै प्राप्त जानकारी अनुसार एक वृद्ध जोडीले “लकडाउन”को कारण खाद्यान्न अभाव भएर यसरी बाँच्न नसक्ने भन्दै आत्महत्या पनि गरेका छन् । लाखौंको जनजीवन प्रभावित भएको छ । मानिसहरु लथालिङ्ग अवस्थामा परेका छन् । एक ले अर्काको ज्यान सुरक्षाको निम्ति, एकले अर्कालाई मद्दत गर्नका लागि हामी एक अर्कासँग टाढा बस्न पर्ने अवस्था आएको छ ।
विभिन्न खोज र अनुसन्धानले कुनै पनि भाइरसको आयु चारदेखि पाँच महिनाको हुने र बिस्तारै त्यो आफैँ हराएर जाने उल्लेख गरेकाे पाइन्छ । तर आजको दिनसम्म कोराेना देखिएको चार महिना भन्दा धेरै बितिसक्दा पनि यसको न्यूनीकरण भने गर्न सकिएको छैन । दिन प्रतिदिन संक्रमित र मृत्यु हुनेको संख्या बढ्दो छ । हरेक रास्ट्रहरुले आफ्नो क्षेत्रबाट सकेको पहल गरिरहेका छन् तर पनि कमै मात्रामा यसको न्यूनीकरण गर्न सकिएको छ । को कोहिले वा कुनै राष्ट्रले यो सानो सुक्ष्म जीवले हामीलाई केही बिगार्न सक्दैन भनेर हेलचेक्रर्याइ गर्यो उसले आफ्ना हजारौं जनता गुमाइसकेको छ । विश्वका कति राष्ट्रहरुमा यसको कुनै ठूलाे असर देखिएको छैन किनकी, उनीहरूले सुरुदेखि नै आवत जावतमा प्रतिबन्ध लगाएर पछि देखा पर्ने विपत्तिबाट आफूलाई पहिलेबाट नै वञ्चित गराएका थिए । आज अमेरिका, यूरोप जस्ता बिश्वका ठूला र शक्तिशाली राष्ट्रहरुको हातमा रगत र आँखामा आँसु छ । कारण उनीहरूले गरेको लापरबाही हो । आज सबैभन्दा धेरै मृत्यु हुनेको संख्यामा यिनीहरू छन् किनकी यो फैलिनु पूर्व नै यसलाई सहि ढंगले हेरेनन् । जे जस्तो अवस्था आए पनि अर्थतन्त्रमा असर पुग्न नहुने र यसले खासै ठूलो नकारात्मक असर नगर्ने भ्रम पालेर यो बाट बच्ने विधि अपनायनन् । आज आएर आफ्ना जनताको वियोगमा आँसु झार्न भन्दा अरु विकल्प छैन उनीहरूसँग ।
आजको महामारीले भोलिको हामीलाई धेरै असर गर्ने कुरा सत्य हो तर आज हामी रहेनौँ भने भोलिको कुरा हामीलाई थाहा हुँदैन । आज ऋण लागे भोलि तिर्न सकिन्छ, तर दिन लाग्यो भने फेरि फिर्न सकिँदैन । आजको यो अवस्थाले हामीलाई धेरै पछाडी धकेलेको कुरा सत्य हो तर हामी फेरि उठ्न सक्छौं, फेरि त्यही स्थान हाँसिल गर्न सक्छौ
आजको महामारीले भोलिको हामीलाई धेरै असर गर्ने कुरा सत्य हो तर आज हामी रहेनौँ भने भोलिको कुरा हामीलाई थाहा हुँदैन । आज ऋण लागे भोलि तिर्न सकिन्छ, तर दिन लाग्यो भने फेरि फिर्न सकिँदैन । आजको यो अवस्थाले हामीलाई धेरै पछाडी धकेलेको कुरा सत्य हो तर हामी फेरि उठ्न सक्छौं, फेरि त्यही स्थान हाँसिल गर्न सक्छौ । त्यसैले आज हामीले सरकारले आवाहन गरेको लकडाउनको पालन नगरेर बाहिर भिड गर्दै निस्कने जो भने यसले हामीलाई नै असर गर्छ । श्रीमद्भागवत गीतामा भनिएको छ” भूत बितेर गयो, भविष्य आएको छैन, त्यसैले वर्तमान सुन्दर बनाउ ।” आजको तिम्रो कर्मले भोलिको भविस्य निर्धारण गर्छ । आज तिमीले जे पर्छ त्यो टर्छ भन्न थाल्यौ भने तिम्रो न वर्तमान सुन्दर हुन्छ, न भविस्य । तिमीलाई लड्नबाट कसैले जोगाउन सक्ने छैन ।
शिक्षा विकासको मूल जग हो, शिक्षा विना कुनै पनि कुरा सम्भव छैन । जति बाड्दै गयो त्यति बढ्दै जाने एक मात्र चीज हो शिक्षा ।
अहिलेको कोरोना महामारीले सबैभन्दा धेरै असर परेको ठाउँ पनि शिक्षा हो । विद्यार्थी र अभिभावकमा डर उत्पन्न हुन थालेको छ । अब स्कूल/कलेज पठाउने कि नपठाउने भनेर । त्यो अलि पछिको कुरा भयो । आज तपाईं घरमा बस्दा कसरी कुन अवस्थामा बस्नु भएको छ । के गरेर दिन कटाउनु भएको छ । त्यो मुख्य कुरा हो ।
कोरोनाको प्रकोपबाट बचाइदेउ भनेर ईश्वरको शरणमा एक परिवार
घरमा बस्दा पनि छिमेकका दुई- चार जना जम्मा गरेर तास खेल्ने, खाने, सुत्ने फेरि उठ्ने त गर्दै हुनुहुन्न नि ? त्यसले विनास गर्छ विकास हैन । त्यो बाहेक पनि हामीसँग धेरै घरमा बसिबसि गर्न सक्ने कामहरु छन् । किताब पढ्ने लेख्ने, आफ्ना बाबु-नानीहरुलाई विभिन्न सिर्जनात्मक क्रियाकलापमा लगाउने हो भने उनीहरूले कितावी ज्ञान मात्र नभएर जीवन बुझ्ने मौकासम्म पाउँछन् । केही सिक्छन्, उनीहरूले सिकेको केही नयाँ तपाईं हामीलाई सिकाउँछन् ।
खासमा भन्नुपर्दा कोरोनाले हामीलाई एउटा महत्त्वपूर्ण पाठ पनि सिकाएको छ जस्तो लाग्छ “कुनै पनि सानो कुरा भनेर हेलचेक्रर्याइ गर्नाले त्यसले वर्तमानमा असर नगरे पनि भविष्यमा धेरै ठूलो नकारात्मक असर सिर्जना गर्छ ।” आज तपाईंले कस्तो निर्णय लिनुहुन्छ त्यसको नतिजा तपाईंले केहि समय पछि मात्र पाउनु हुन्छ । आजको तीन दिन रमाएर पछिको पाँच वर्ष पछुताउन चाहनु हुन्छ कि, आजको तीन दिन सङ्घर्ष गरेर पछिको पाँच वर्ष खुशीसँग रहन चाहनु हुन्छ त्यो तपाईं आफैंमा भर पर्ने कुरा हो ।
‘घरमै बसौं, सचेत रहौँ ।’ यो कुरा बिना काममा बाहिर डुल्न र घुम्न निस्कनेहरुका लागि हो । जसले बिहान काम गरेर राती परिवार र आफ्नो पेट पाल्छ्न उनीहरुको लागि पनि यो कुरा लागू होला र ? कहिलेसम्म बस्ने भित्र ? बाहिर आउँदा प्रहरीको लठ्ठी खाइएला भन्ने डर, भित्र बसौं भने छोराले बाबा कति दिन यसरी भोकै बस्ने भनेर सोध्छ ।
अझैसम्म पनि मान्छेको दिमागमा एउटा ठूलो भ्रम छ । केही बुझ्न खोज्नका लागि रोड र नजिकैको चिया पसलमा जानुपर्छ र त्यहीँ गएर धेरै कुरा सुन्न र बुझ्न सकिन्छ । तर त्यो सत्य हैन । तपाईं आफ्नै घरमा बसेर पनि खुशीहरु कमाउन सक्नुहुन्छ, आफ्नै परिवारसँग रमाउन सक्नुहुन्छ । ईन्टरनेटको माध्यमबाट विभिन्न कुराहरू सिक्न र सिकाउन सकिन्छ । आजको यो समयमा घरमै बसेर बसि बसि धेरै टाढा रहेका व्यक्तिहरुसँग अनुहार हेरिहेरि मज्जाले कुरा गर्न सकिन्छ र त्यहाँको हरेक गतिविधि नियाल्न सकिन्छ ।
हो ! गरिव र बिहान काम गरेर बेलुका चामल किनेर लगेर घरमा गुजारा चलाउने परिवारको लागि यो एकदमै कष्टपूर्ण नै हुन्छ त्यसको लागि सरकारले उनीहरूको मद्दत गर्नुपर्छ । आफ्नो जनताको लागि चाहिने उचित समानको सकेसम्म व्यवस्था गर्नुपर्छ । घरमै बसौं, सचेत रहौँ । यो कुरा बिना काममा बाहिर डुल्न र घुम्न निस्कनेहरुका लागि हो । जसले बिहान काम गरेर राती परिवार र आफ्नो पेट पाल्छ्न उनीहरुको लागि पनि यो कुरा लागू होला र ? कहिलेसम्म बस्ने भित्र ? बाहिर आउँदा प्रहरीको लठ्ठी खाइएला भन्ने डर, भित्र बसौं भने छोराले बाबा कति दिन यसरी भोकै बस्ने भनेर सोध्छ । होला कुनै कुनै ठाउँमा सरकार र सम्बन्धित निकाय पुगेको होला तर के देशको हरेक ठाउँमा यस्तै अवस्था छ हरेक ठाउँमा सरकारले पाइला राखेको छ त ? यो मुख्य ध्यानाकर्षण गर्नु पर्ने कुरा हो । “सरकारले आफ्नो ध्यानाकर्षण गर्नु पर्ने मुख्य कुरा के छ भने बाहिर कोरोनाको डरले बाहिर ननिस्किएका जनता भित्र खान नपाएर भोकमरीले नमरुन् ।”
कोरोना हटेर जान्छ त्यसलाई हामी आफैंले हटाउनु पर्छ, सचेत रहौ घरमा नै बसौं । भविस्यको चिन्ताले वर्तमान खेर नफालौँ । हिजो भएको कुरा भोलि फेरि नहोला भन्न सकिन्न जब सम्म हामी छौं तब सम्म हामीसँग सबै छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.