२०७७ जेठ ९ गते १७:०० विकासन्युज
काठमाडौं । अब विदेशबाट आउने व्यक्ति तथा नागरिकले सिधै कोरोना बीमा गर्न नपाउने भएका छन् । भारत लगायत कुनैपनि मुलुकबाट नेपाल भित्रिने व्यक्तिले १५ दिन क्यावरेन्टाइनमा बसेपश्चात मात्र कोरोना बीमा गर्न पाउने बीमा समितिले जनाएको छ ।
शुक्रबार परिपत्र जारी गर्दै समितिले यो अवस्थामा विदेशमा विभिन्न पेशा व्यवसायमा संलग्न नेपालीहरु नेपाल फर्कने क्रम बढ्ने भएपछि यस्तो निर्णय गरेको हो ।
यससँगै, विदेशी नागरिकले क्वारेन्टाइनमा बसेको १५ दिन पश्चात मात्र उनीहरुले आफ्नो परिवारमा समावेश भएको १५ दिनपछि मात्र कोरोना बीमालेख खरिद गर्न सक्ने छन् । यसको प्रमाण सम्बन्धित स्थानिय तहले गरेको हुनुपर्नेछ ।
त्यस्तै, विदेशबाट नेपाल फर्केको नेपाली नागरिक र निजको परिवारले अनिवार्य आरडीटी परीक्षण गराई सो को नेगेटिभ रिर्पोट भएको प्रमाणपत्र पेश गर्नु पर्नेछ । आरडीटी परिक्षणको रिर्पोट नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायबाट प्रमाणित भएको हुनुपर्ने छ ।
साथै, उक्त व्यहोराका अण्डरराईटिङ् कार्यका लागि पुरक फारम सबै निर्जीवन बीमा कम्पनीहरुले आफ्नो वेव साईटमा राख्नु पर्नेछ ।
उक्त फारम भरी स्वीकृत भएपछि मात्र बीमालेख जारी हुने गरी कम्पनीहरुले आफ्नो विद्युतीय बिक्री प्रकृयामा अनिवार्य रुपमा थप व्यवस्था गर्नु पर्ने बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले जनाएका छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.