२०७७ जेठ ९ गते १७:२९ विकासन्युज
काठमाडौं । प्राईम लाईफ इन्स्योरेन्स कम्पनीको खुद नाफामा ११.८५ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १८ करोड ३० लाख ९२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने कम्पनीले १६ करोड ३८ लाख ८१ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।
खुद बीमाशुल्क:
यस्तै, गत आर्थिक वर्षकोे तेस्रो त्रैमासमा कम्पनीको खुद बीमाशुल्क १ अर्ब ८७ करोड ३ लाख रुपैयाँ थियो भने चालु आर्थिक वर्षको सोही समयमा खुद बीमाशुल्क २ अर्ब २३ करोड ७५ लाख रुपैयाँ रहेको छ ।
जीवन बीमा कोष:
गत आर्थिक वर्षको चैत मसान्तमा कम्पनीको जीवन बीमा कोष ८ अर्ब १४ करोड ७६ लाख रुपैयाँमा सिमीत थियो भने चालु आर्थिक वर्षकोे सोही समयमा जीवन बीमा कोष १० अर्ब ६६ करोड ६ लाख रुपैयाँ पुगेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.