धर्तीका सेता फूलहरु

  २०७७ जेठ ९ गते २२:४२     प्रभा बराल

गहका आँशु पुछेर तिम्ले, औषधी खुवाउँदा
आधा रोग भाग्छ, मायालु हातको स्पर्श पाउँदा
ती सेता वस्त्र, आशाको आधार देख्दछु जीवन
दिन रात खटी बिरामी जाँची बनाउँछौ नवीन ।

आपतै लाग्यो, महामारी छायो हतास भइनौ
व्यक्तिगत सुख सुविधा खोजी अन्यत्र गइनौं
सेवा नै परम धर्म हो ठान्ने वाणीमा बसिछौ
रहर छैन छापामा छाउने सिद्धान्त कसिछौ ।

लेखक

मृत्युको मुखमा पुगेका हाम्लाई बचायौ धन्य छ
तिम्रो यो कामको कदर गर्न सालिक बन्ने छ
पुण्य छ यही, पवित्र पेशा युगाैं युग जिउनु है
धर्तीकी तिमी जिउँदी देवी आशीवार्द लिनु है ।

यी सेता फूल शक्तिका पुञ्ज प्राणको सञ्चार
सहारा तिम्रो नमिले आखिर कहाँ उठ्थ्यो संसार
बस्नलाई लायक रहन्छ धर्ती मानवता रहन्जेल
फर्केर आए झै जस्तो लाग्यो फ्लोरेन्स नाइटिङगेल ।